मानसिक रोगीलार्इ उपचार अभाव
पेट दुखे उपचारमा जान्छौं, ज्वरो आए सिटामोल खाइहाल्छौं तर कुनै मानसिक रोग लागे तत्काल उपचारमा जाँदैनौं । २६ औं विश्व मानसिक रोग दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार मस्तिष्क रोगलाई हेयको दृष्टिले हेरिँदा अझै पनि ८५ प्रतिशत मानसिक रोग बिरामी उपचारको पहुँच बाहिरै छन्।