२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा छैनन् बिषेशज्ञ चिकित्सक

उपक्षेत्रीय अस्पताल डडेलधुरा


डडेल्धुरा–प्रदेश नम्बर सातको उपक्षेत्रीय अस्पताल डडेलधुरामा अझै बिषेशज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा एक जना मेसु सहित २१ जना कन्सलटेन्ट(बिषेशज्ञ) र १८ जना मेडिकल अधिकृतको दरबन्दी छ तर एक जना कन्सलटेन्ट नियुक्त भएका छैनन्। मेडिकल अधिकृत पनि ६ जना मात्रै छन्। उप क्षेत्रिय स्थापना भएको पाँच बर्ष भइसकेपनि दरबन्दीअनुसारका चिकित्सकको पदपूर्र्ति हुन नसकेको अस्पतालले जनाएको हो।
एक सय सैयाको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहमा १ सय २७ कर्मचारी छन । अस्पतालमा ४४ प्रकारका १०९  जना कर्मचारी रहने व्यवस्था भए पनी विकास समितीमार्फत अन्य कर्मचारी थप गरी अस्पताल सञ्चालन गरिएको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 
दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय हुन सकेको छैन । बिषेशज्ञ चिकित्सक एवं दरबन्दी अनुसारका अन्य कर्मचारी अभावकै कारण रातीको समयमा ईमरजेन्सी तथा अन्य वार्डमा कुनै पनि कर्मचारी नरहेने गरेको अमरगढी नगरपालिका ५ का  वडा अध्यक्ष खेम राज पाठकको आरोप छ । 
 विषेशज्ञ चिकित्सकको पद रिक्त रहदा डडेल्धुरालगायत प्रदेश ७का अन्य ६ पहाडी जिल्ला बिरामी उपचारका लागि कैलाली अञ्चल अस्पताल, नेपालगञ्ज, काठमाडांै एवं भारतका विभिन्न शहर जान बाध्य छन् । दरबन्दीमा कार्यरत चिकित्सक पनि धेरै बिदामा बस्ने परिपाठीले उपचारमा झनै समस्या हुने गरेको स्थानीयको गुनासो छ । 
अस्पतालको बार्षिक प्रतिवेदनले सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धी भएको देखाएको छ । पछिल्लो तीन बर्षको तथ्याङकअनुसार उक्त अस्पतालमा २० बर्ष मुनीका महिलाले गर्भपतन गराउनेको देखिएको छ । आर्थीक वर्ष २०७२÷०७३ मा सुरक्षित गर्भपतन गराउने संख्या एक सय ३० थियो भने आर्थीक वर्ष २०७३÷०७४ मा यो संख्या बढेर दुई सय ३ पुग्यो । गत आर्थिक बर्ष २०७४÷०७५ यसको संख्या झनै बढेर २ सय ५९ पुगेको अस्पतालका मेसु डा. जितेन्द्र कडेलले जनाए। 

 

प्रकाशित: २८ श्रावण २०७५ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App