५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अपराध ऐन संशोधन गर्न चिकित्सक संघको माग, उपचार ठप्प पार्ने चेतावनी

काठमाडौं– नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ। भदौ १ बाट कार्यान्वयनमा आउने ऐनमा विरामीको मृत्यु भएमा चिकित्सक जेल जानुपर्ने अवस्था आएपछि संघले सोमबार पत्रकार सम्मेलन गरी संशोधनको माग गरेको हो। 

ऐनले डाक्टरमाथि फौजदारी अभियोग लाग्ने भएकाले फैजदारी नभई देवानी कानुनअनुसार कारबाही गर्नेगरी संशोधन हुनुपर्ने संघको माग छ। सरकारले ल्याएको नयाँ ऐनमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्राईंबाट बिरामीको मृत्यु भएमा ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।

उपचार ठप्प पार्ने चेतावनी

संघले ऐन संशोधन नभए भदौ १ देखि उपचार ठप्प पार्ने चेतावनी दिएको छ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ऐन संशोधनको प्रक्रिया अघि नबढाइए एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएर उपचार ठप्प पार्न बाध्य हुने चेतावनी दिए।

उनले सजायमा आफूहरुको कुनै गुनासो नरहेको तर फौजदारी अभियोगमा मुद्दा चलाउने कुरा मान्य नहुने बताए। ‘यो ऐनले उजुरी पर्नेवितिकै डाक्टरलाई नियन्त्रणमा लिने र त्यसपछि मात्रै अनुसन्धान हुन्छ’, श्रेष्ठले भने, ‘हाम्रो माग कारवाही नै हुनुहुँदैन भन्ने होइन, तर लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गरेर देवानी कानुनअनुसार कारबाहीको व्यवस्था हुनुपर्छ।’

प्रकाशित: २८ श्रावण २०७५ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App