४ पुस २०८१ बिहीबार
image/svg+xml

चुरे संरक्षणको उपाय

चुरे विनाश आजका सन्ततिले मात्र गरेका हैनन्। जिम्दारी चलाउने व्यक्तिदेखि पञ्चायती शासकसम्मले भ्याए जति वन मासे। विगतमा सरकारले खोलेको द टिम्बर कर्पोरेसनले वन पैदावार बिक्री वितरणको जिम्मेवारी नै पाएको थियो। त्यतिखेर कर्पोरेसनले ठेकेदारमार्फत लकडी कटान, घाट गद्दी बिक्रीसमेत गर्ने÷गराउने गथ्र्यो। नाफा बढी लिनका लागि ढला पडा सुखल खडा नभएर सबैभन्दा मोटा, सोझा रुख छानी छानी काट्ने कार्य भयो। जुन क्रम चारकोसे झाडी र चुरे क्षेत्रमा निरन्तर रह्यो। त्यो बेला उक्त स्रोतबाट को को मोटाए राज्यले के÷कति आम्दानी ग¥यो, खोजबिन हुँदै जाला तर वन विनाश भएकोचाहिँ पक्कै हो।

'क्रसर डनको कब्जामा चुरे'

चुरेलाई क्रसर माफियाहरूले कब्जा गरी राखेका छन्। उनीहरूले राजनीतिक संरक्षण पाइरहेका छन्। सबै पार्टीले पनि उनीहरूलाई नै टिकट दिन्छन्।

थामिएन चुरे दोहन, स्थानीय तह नै संलग्न

स्थानीय तहमा जनप्रतिनिधि आएपछि प्रकृति संरक्षणका पक्षमा जनमत तयार हुन्छ र यसले चुरे दोहन नियन्त्रण हुन्छ भन्ने आशा संरक्षण अभियन्ताहरूको थियो। तर, चुरे दोहन रोकिनुको साटो झन् भयावह बन्यो। चुरे दोहनमा स्थानीय तह नै लागेपछि आम जनतामा चुरे चिन्ता बढेको छ।

बस्तीले चुरे क्षेत्र दोहन

रौतहटको उत्तरी क्षेत्रस्थित चुरेको फेंदीमा रहेका बस्तीहरूले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको र अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको पाइएको छ

बन्दाताल क्षेत्रमा राजधनेश र राजलाहाचे

कञ्चनपुर जिल्लाको चुरे फेदमा रहेको ब्रह्मदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमैं दुर्लभ राजधनेश र राजलाहाचे चरा फेला परेका छन्। केही दिनअघि सर्वेक्षणका क्रममा यी दुई प्रजातिका चरा देखापरेका हुन्। पन्छी संरक्षण संघका जीवविज्ञ हिरुलाल डंगौराले ब्रह्मदेव जैविकमार्ग छेउछाउमा दुर्लभ राजधनेश र राजलाहाचेसँगै ८८ प्रजातिका चरा सर्वेक्षणका बेला देखिएको जानकारी गराए। जसमा राजधनेश दुई र राजलाहाचे आठवटा फेला परेका थिए।

यसरी हुँदैछ दिनानुदिन चुरे दोहन

चुरेको फेदीमा रहेका बस्तीहरुले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको तथा अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको देखिएको छ। जुन बस्तीको कारण चुरेको दोहन बढेको हो र जुन क्षेत्रले आफ्नै अगाडि चुरेको दोहन हुँदा पनि संगठितरुपमा दोहन हुनबाट रोक्न कुनै प्रयास नगरेको हो तिनै क्षेत्र उच्च जोखिमा रहेको देखिएको छ।

चुरे संरक्षणमा प्रदेश सरकारको झारा टार्ने नियत

प्रदेश २ को प्रदेशसभामा बिहीबार कांग्रेस संसदीय दलका नेता रामसरोज यादी तथा विपद्को प्रमुख कारण चुरे विनाश रहेकाले चुरे संरक्षण साझा मुद्दा बन्नुपर्ने माग गरे। संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा लाग्न यादवले प्रदेश सरकारलाई सुझाए।

‘उच्च प्राथमिकतामा चुरे संरक्षणको काम’

सरकारले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दाबी गरेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन्।

यसकारण डुब्दै छ मधेस

‘हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा छन्। मधेसमा बाढीको उफान छ। बाढीप्रभावित प्रदेश २ का जिल्लाको हवाई अवलोकनपछि गत बुधबार जनकपुरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष सो विषयमा जिज्ञासा राखे। जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नुु यसको कारण हो भन्दै कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहरकुमार साहले प्रस्ट्याए। उनले भने, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो।’

'चुरे दोहन तुरुन्त रोक्नुपर्छ'

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसलाई प्राकृतिक विपद्बाट जोगाउन चुरे दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका छन्। प्रदेश २ मा बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा सांसद महतोले चुरे दोहनकै कारण बर्सेनि मधेस बाढीको चपेटामा पर्दैआएको बताए। उनले भने, ‘चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरुन्त बन्द हुनु जरुरी छ।’ चुरे बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक रहेको भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण रोक्नुपर्ने बताए।

मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’

‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहर कुमार साहले कौतुहलता मेट्ने प्रयास गरे।

रोकिएन नदी उत्खनन

'राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र बिक्री वितरण गर्न रोक लगाए पनि उत्खनन र चोरी निकासी रोकिएको छैन।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

यसरी हुन्छ, चुरे संरक्षण

चुरे नेपालको कूल भूमिको करिब १३ प्रतिशत (१८ लाख ८६ हजार हेक्टर) क्षेत्रफल ओगटेको कान्छो पहाड हो। यो जैविक विविधताका दृष्टिले समृद्ध तर भू–बनावटका हिसाबले अत्यन्त कमजोर छ।

मधेसका बस्ती काकाकुल

गर्मीयाम सुरु भएसँगै ‘कोर मधेस’ अर्थात् प्रदेश २ का अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन् । गहिरो गरी (करिब सय फिटमुनि ) गाडिएका चापाकल (ट्युबवेल) बाट पानी आउन छाडेको छ । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्