coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस्तीले चुरे क्षेत्र दोहन

रौतहट - रौतहटको उत्तरी क्षेत्रस्थित चुरेको फेंदीमा रहेका बस्तीहरूले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको र अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको पाइएको छ ।

चुरेको फेदीदेखि निस्किने ससाना खोलामा मेसिनद्वारा ढुंगागिटी निकालेर व्यापक रूपमा दोहन गरिरहेको भए पनि नियमनकारी निकाय मौन रहँदा र त्यस क्षेत्रका बासिन्दाले चासो नदेखाउँदा चुरे दोहन गर्ने माफियाको मनोबल बढ्दै गएको छ । जसको परिणाम प्राकृतिक प्रकोपको उच्च जोखिममा राजमार्गछेउछाउका बस्ती रहेका छन् ।

चन्द्रपुर नगरपालिकाको गैंडाटार, भोलन्टार, महादेव डाँडा, तोरीबारी, मोरंगे डाँडालगायत चुरे क्षेत्रमा रहेका विभिन्न गाउँमा मेसिन प्रयोग गरेर ढुंगागिटी निकाल्ने क्रम पछिल्लो समय बढेको पाइएको छ । तोरीबारीमाथि मकवानपुर जिल्लाको बकैया गाउँपालिकाबाट लगाइएको ठेक्का रौतहटको सीमाक्षेत्रमा पर्ने चाँदी खोलाबाट ठूलो परिमाणमा ढुंगागिटी लगिरहेको भए पनि वन कार्यालय र स्थानीय प्रशासनले सो कार्य रोक्न असफल भएको हुँदा चुरेको दोहन तीव्र बनेको हो ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुरबाट झन्डै १० किलोमिटर उत्तरमा रहेको चुरे क्षेत्रको दोहन रोकिएको छैन । जसकारण वनविनाश र चुरे अतिक्रमणको प्रत्यक्ष प्रभाव राजमार्गछेउका बस्तीमा पर्ने स्थानीय विज्ञको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुरबाट झन्डै १० किलोमिटर उत्तरमा रहेको चुरे क्षेत्रको दोहन रोकिएको छैन । जसकारण वनविनाश र चुरे अतिक्रमणको प्रत्यक्ष प्रभाव राजमार्गछेउका बस्तीमा पर्ने स्थानीय विज्ञको भनाइ छ । प्रत्येक वर्ष असारको अन्तिम सातामा उत्खनन तथा ढुवानी कार्य पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रावधान भए पनि स्थानीय तहले लगाएको ठेक्काको आडमा दोहन गरेर व्यापक मात्रामा तस्करी हुने गरेको छ । यस प्रकारको तस्करीमा स्थानीयको पनि प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको छ।

दिनहुँ ४० देखि ४५ वटा टिपरसम्म ढुंगा ओसार्ने कार्य भइरहेको स्थानीय वीरबहादुर वाइबाले बताए । सम्बन्धित निकायबाट अनधिकृत रूपमा भइरहेको चुरे दोहन रोक्न नसक्दा ढुंगा कारोबारमा संलग्न एवं चुरे माफियाहरू यतिबेला रौतहटको उत्तरी भेग मकवानपुरको सीमाक्षेत्रसम्म ढुंगा ओसारपसारमा संलग्न रहेको उनले आरोप लगाए । जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रको ढुंगा तस्करी कार्यमा स्थानीयसहित सम्बन्धित निकायको संलग्नतामा भइरहेको उनले दाबी गरे । चाँदीशिरको ढुंगा मोरंगे, इपिलिघारी, भोलनटार हुँदै बारा, रौतहटलगायत विभिन्न स्थानमा जाने गरेको पाइएको छ ।

चुरे दोहन भएको विषयमा डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख विनोदसिंह कैयौंपटक रोक्ने प्रयास गरेको भए पनि सफल नभएको बताउँछन् । तर चालू आवमा भने कुनै पनि अवस्थामा चुरे क्षेत्रबाट ढुंगा निकाल्न नदिने उनको दाबी छ । चुरेसहित राजमार्गभन्दा उत्तरी क्षेत्रमा रहेका खोलामा मेसिन प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन गर्न प्रतिबन्ध रहेको बताए । उनले स्थानीय तहबाट मापदण्ड नै पूरा नगरी हचुवाका भरमा लगाउने गरेको ठेक्काका कारण समस्या उत्पन्न भइरहेको स्पष्ट पारे ।

प्रकाशित: ७ आश्विन २०७६ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App