९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सम्झौताभन्दा कम लागतमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण

खोटाङको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको भवन उद्घाटन गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको वित्तीय सहयोगमा निर्माण गरिएको साढे दुई तले पक्की भवन मंगलबार प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन्।

शान्ति सुरक्षामा कमी आउन दिन्न : एसपी सिग्देल

सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख सरुवा भएर आएकी छन्। प्रहरी प्रधान कार्यालयले एसपी रन्जु सिग्देललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सिन्धुलीमा सरुवा गरेसँगै सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख आएकी हुन्।

‘निर्मला प्रकरणले सताइरहनेछ’

–मेरो कार्यकाल केही दिन त बाँकी नै छ। अझै आशा छ– निर्मला पन्तका हत्यारा समातिन्छ भन्ने। –हिजो छाती फुलाएर खुलेआम हिँड्ने गुण्डाहरू आज प्रहरीले मार्ला कि भन्ने डरले ‘साइज’मा आएका छन्।

जाहेरी लिनै मान्दैनन् प्रहरी

छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे।

आइजिपी बन्न दौडधुप

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।

आस्था राउतमाथि प्रहरीमा उजुरी

गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राती एक युवकलाई पक्राउ गरेको छ। लुटपाटमै संलग्न पाँच जना भने भाग्न सफल भएको प्रहरीको दाबी छ।

आलोचना भएपछि आस्थाले भनिन्, 'अशिष्ट' शब्द चयनप्रति क्षमा चाहन्छू'

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले भिडियोमा आरोप लगाएकी छन्।

चुल्ठेको भेषमा प्रहरी !

करिब तीन वर्षदेखि ट्याक्सी पेसामा आबद्ध छु। त्योभन्दा अगाडि प्राइभेट गाडी चलाउँथेँ। अरुको गाडी कति चलाउनु भनेर आफूले सिकेको सीपलाई आफ्नै गाडीमा प्रयोग गर्न यतातिर आएको हुँ ।

प्रहरी चौकी नसार्न सांसद भट्टराईको माग

प्रतिनिधिसभा सांसद विशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्।

प्रहरी चौकी अन्यत्र नसार्न सांसदको माग

प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्। मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै प्रतिनिधिसभा सांसद भट्टराईले २०२१ सालमा स्थापना गरिएको प्रहरी चौकीलाई अन्यत्र नसार्न माग गरेका हुन्।

प्रहरी हवल्दार मृत्यु प्रकरण : छानबिन टोली घटनास्थलमा

जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ।

पन्तलाई रमाना दिइएन, पंगेनीलाई लैजाने तयारी

चितवन प्रहरी प्रमुखमा पुस ४ गते सरुवा भएकी एसपी गंगा पन्तको रमाना रोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत एसपी कृष्ण पंगेनीलाई लैजाने तयारी अघि बढेको छ। विवादमा तानिएपछि पन्तको रमाना प्रहरी प्रधान कार्यालयले रोकेको छ।

आठ करोडमा नयाँ बन्दै जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन निर्माण सुरु भएको छ। भूकम्पमा भत्किएको भवन साढे चार वर्षपछि पुनर्निर्माण सुरु भएको हो। अहिलेसम्म पुरानै तथा जीर्ण भवनमा प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो। अन्य सरकारी कार्यालय पुनर्निर्माण सकिएका छन् भने केही अन्तिम चरणमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्