९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रहरी चौकी नसार्न सांसद भट्टराईको माग

खोटाङ – प्रतिनिधिसभा सांसद विशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्।

सांसद भट्टराईले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै प्रहरी चौकीलाई अन्यत्र नसार्न माग गरेका हुन्। प्रहरी चौकी २०२१ सालमा स्थापना भएको हो। प्रहरी चौकीलाई सोही वडाको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा सार्ने तयारी भएपछि स्थानीयलेसमेत विरोध जनाउँदै आएका छन्। उनीहरूले प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका हुन्। गत असोज ७ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्र याङसोलाटारमा सार्ने निर्णय गरेको थियो।

प्रहरी चौकीलाई यथास्थानमा कायम गर्न बनेको सहयोग समितिका संयोजक केशव कार्कीले मंसिर अन्तिम साता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी चौकीलाई अन्यत्र स्थानान्तरण नगर्न माग गरेका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्रमा सार्ने निर्णय गरेको बताए।

प्रकाशित: १ माघ २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App