९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

राई र चेम्जोङले ल्याए पहिलो गीत

प्रहरी हवल्दार विजय मुकारुङ राई र व्यवसायी धिरेन्द्र चेम्जोङले आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेका छन्। राई र चेम्जोङले सदरमुकाममा आइतबार आयोजित समारोहमा आफ्ना गीतको म्युजिक भिडियोसमेत विमोचन गरे।

खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते

भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन्।

छाउपडीविरुद्ध प्रहरी चौकीमा प्रतिबद्धतासहित हस्ताक्षर संकलन अभियान

जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कुरीति घोषणा गरेसँगै जुम्लाका प्रहरी चौकी र प्रहरी इकाईहरुका हस्ताक्षर संकलन अभियान सुरु भएको हो।

प्रहरीमा बढ्दै ड्रप–आउट

पछिल्लो समय बीचमै जागिर छाडेर विदेश पलायन हुने प्रहरी संख्या बढ्दो छ। बीचमै जागिर छाड्दा प्रहरी संख्या घटिरहेको छ।

एसएसपीको निगरानी गर्न एसपीको कमाण्ड

महानगरीय प्रहरी कार्यालय(मेट्रो) रानीपोखरीले काठमाडौंका तीनवटै जिल्ला प्रहरी कार्यालयको निगरानी गर्न विशेष टोली गठन गरेको छ।

प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा

नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो।

अवहेलनामा प्रहरीविरुद्ध मुद्दा

अदालत परिसभित्रै प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’) का चार नेतालाई पक्राउ गरेको दाङ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

विद्यार्थी कुट्ने शिक्षक प्रहरी फन्दामा

रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन्। सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बढ्दै चेक बाउन्सका घटना

साउनयता दुई हजार १ सय ८६ वटा चेक बाउन्स भएको उजुरी महानगरीय प्रहरी परिसरमा टेकुमा परेको छ। यीमध्ये चार करोडभन्दा माथिका तीनवटा, दुई करोडका चारवटा छन्।

डिआइजीलाई चक्कु ताकेपछि..

महिला आश्रममा जान मानिनन्। उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन्। नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे। महिलाले भनिन्, 'भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस्।' यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो।

प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ

भन्सार छली गरि नेपाल भित्र्याइएको आरोपमा पक्राउ परेको कपडाहरुलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई बारा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

सवारी चालकमा उच्च रक्तचाप

प्रहरीले सवारी सञ्चालनमा कडाइ गरेको छ। जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो। चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

तीव्र गतिमा बस हाँक्ने दुई पक्राउ

अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।

एपीएफ स्कुलमा छात्रावास बन्यो

सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि छात्रावास निर्माण भएको छ। कीर्तिपुर नगरपालिका–७ स्थित चम्पादेवीमा ३२ कोठे छात्रावासको आइतबार उद्घाटन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्