८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सडकमै चालकको स्वास्थ्य परीक्षण

बसमा यात्रु बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेका चालक लोकबहादुर पाण्डेलाई धादिङको फुर्खेखोलामा अचानक ट्राफिक प्रहरीले रोके। उनी झस्किए र बसबाट बाहिर निक्लिए। ट्राफिक प्रहरीले उनलाई नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया र नयाँघर गाउँकी १७ वर्षीया बालिका आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका हुन्।

बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ। पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।

कारबाही गर्ने ट्राफिकले रक्तचाप चेक गर्दा चालकहरू दंग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा ट्राफिक प्रहरीले मोटरसाईकल रोकेर कागजात मागेपछि सलेमपुरका सरोजकुमार यादवले लाइसेन्स, ब्लुबुक देखाए। लगत्तै ट्राफिकले तपाँई ओर्लनुस् त भन्दै च्याप्प समातेर छेउमै रहेको कुर्सीमा बस्न भनेपछि यादवले डराउँदै भने, ‘हैन यो के गरेको, सबै कागजपत्र त देखाई सके त।’

बाउन्न बालबालिका हराए

पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताइन्।

प्रहरीको संघीयकरणका चुनौती

संविधानको घोषणासँगै मुलुक संघीय प्रणालीमा प्रवेश गरेको छ। चलायमान संघीयताका लागि प्रभावकारी राज्य संयन्त्र चाहिन्छ र यसको आधारभूत निकायका देशको विद्यमान नागरिक प्रहरीलाई लिइन्छ। संघीयतासँगै प्रहरीको भौतिक उपस्थिति प्रदेशमा भए पनि यसको कानुनी अस्तित्व र संघीयकरण प्रक्रिया प्रारम्भिक चरणमा छ।

'मोटरसाइकलमा यात्रु बोक्न नरोक'

सर्वसाधारणबीच लोकप्रिय बनेका मोबाइल एप्स टुटल र पठाओले दिइरहेको सेवालाई ट्राफिक प्रहरीले बन्द गराएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यथावत चल्न दिन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय योजना आयोगमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औं बैठकमा प्रधानमन्त्री ओलीले मोटरसाइकलमा यात्रु बोक्ने काम हाललाई नरोक्न निर्देशन दिएका हुन्।

विरोधाभासपूर्ण कदम

सरकारले उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर प्रविधिमा आधारित यातायात सेवा दिइरहेका ‘टुटल’ र ‘पठाओ’ सेवालाई बन्द गर्नु आलोच्य विषय हो। एकातिर सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला प्रविधिमा आधारित व्यवसाय बन्द गर्नु विरोधाभासपूर्ण कदम हो। यसले सरकारी निकायको अर्काे दोहोरो चरित्रलाई उजागर गरेको छ।

प्रहरीबाट बच्न खोलामा हाम फालेका तामाङको शव फेला

रसुवाको उत्तरगया गाउँपालिका २ का १९ वर्षीय मैते तामाङको शव फेला परेको छ। जलविद्युत आयोजनाको सामग्री चोरेको आरोपमा पक्राउ परेका तामाङ जिल्ला प्रहरी कार्यालय नुवाकोट लैजाने क्रममा नदीमा हाम फालेर बेपत्ता भएका थिए।

प्रहरीको कुटाइबाट दुई जना घाइते

प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन्। हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन्।

ट्याक्सी व्यवसायीको दबाबमा टुटल र पठाओ बन्द

सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला नयाँ सञ्चार प्रविधिमा आधारित व्यवसाय भने बन्द गरको छ। उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीले नौलो प्रविधिमा आधारित यातायात सेवा दिइरहेका टुटल र पठाओ सेवालाई बन्द गरेको छ।

ज्यान जोगाउन डाँफे सशस्त्र प्रहरी पोष्ट झरेपछि...

सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त चरो राष्ट्रिय पंक्षी डाफे थियो। बाजको पञ्जाबाट फुत्केर ज्यान जोगाउन लामावगरको बस्ती नजिक झाडीमा हाम फालेको डाँफे घाइते भइसकेको थियो। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत ईन्द्रजंग हमालका अनुसार २.५ केजी वजन रहेको उक्त पोथी डाँफे खैरो रङको थियो। बाजको आक्रमणका कारण डाँफेको पखेटाका कतिपय प्वांखहरु झरेका थिए भने पुच्छर तर्फको प्वांखको चोट थियो। खुट्टा माथि साप्रामा गहिरो चोट लागेको थियो।

एक किलो सुनसहित तीन महिला पक्राउ

काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

प्रदेशमा ‘इन्सपेक्टर’ सम्म भर्ना

प्रत्येक प्रदेश प्रहरीमा प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ सम्म भर्ना गर्न पाइने व्यवस्था राखेर विधेयक ल्याइएको छ। गृहमन्त्रालयले सो प्रावधानसहित सोमबार प्रतिनिधिसभामा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’ दर्ता गरेको हो। विधेयक पारित भएमा प्रदेशमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म भर्ना गर्न पाइनेछ।

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्