८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रहरीले थल्याे छाउगोठकाे तथ्यांक संकलन

जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

सुनसहित वडाध्यक्ष पक्राउ

सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट ठूलो परिमाणको सुनसहित वडाअध्यलाई पक्राउ गरेको छ। एक किलो सात सय ५७ ग्राम सुनसहित लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसँगै अरू पाँच जना पक्राउ परेका हुन्।

प्रहरी आउँदा गाउँले लुके

गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुक्न पुगे। केही महिना अघि स्थापना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए।

सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

उपचार नपाउँदा प्रहरी हवल्दारको मृत्यु

सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ।

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीलाई प्रशिक्षण

नेपाल प्रहरीले आफ्ना अधिकृतलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे प्रशिक्षण दिएको छ। बुधबार लालबन्दीमा सर्लाही र रौतहटका जिल्ला प्रहरी प्रमुखदेखि हरेक एकाइका प्रमुखसम्मलाई भेला गराई प्रशिक्षण दिइएको हो।

धादिङका प्रहरी अब सुविधायुक्त भवनमा

विनाशकारी भूकम्पले धादिङका अधिकांश घरसँगै प्रहरी चौकी पनि भत्किएका थिए। शान्तिसुरक्षामा खटिँदै आइरहेका प्रहरी त्रिपालमा बस्दै आएका थिए। भवन नहुँदा समस्या भोग्दै आएका प्रहरीका लागि बल्ल भवन निर्माण कार्य गरिएको छ।

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणाी गरकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

एक किलो सुनसहित २ पक्राउ

भारतबाट चोरी गरेर ल्याएको एक किलोभन्दा बढी सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस ११ गते भारतको बेङ्लोरबाट चोरी गरेर ल्याएको सुनसहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमति शौभाग्य शाहीलाई पक्राउ गरेको हो।

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।

नेकपा(बिप्लब)का बाँके युवा संयोजक डोल्पामा पक्राउ

बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

पहेलो धातुसहित एक महिनामा १३ पक्राउ

सर्वसाधारणलाई ठगी गर्ने उदेश्यले काठमाडौ उपत्याभित्र पहेलो धातुको कारोवार बढेको छ। प्रहरीले एक महिनामा त्यसको कारोबार गरेको आशंकामा १३ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्