८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।

कंसाकारलाई कालोमोसो दल्ने एक पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध चन्द्रागिरी नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन्। तामाङलाई आइतबार थानकोटबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा छापा मारेको छ। विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो। घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो।

रोकिएन सुन तस्करी, कराेडाैँको सुन बरामद

पछिल्लो समय सुन तस्करी रोक्न प्रहरीले विभिन्न अभियान चालएपनि सुन तस्करी भने रोकिएको छैन। साेही क्रममा कराेडाैँकाे सुन तस्करी भैरहेकाे विशेष सूचनाको आधारमा प्रहरीले धादिङको गजुरीबाट तीन जनालाई पक्राउ गरेको छ।

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले सशस्त्र प्रहरीका पूर्वएआइजी ऋषभदेव भट्टराईलाई नौ महिना कैद, पौने करोड बिगो र सोही बराबर जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको छ ।

ललितपुरका खानी स्थानीय तहले बन्द गर्छ, प्रहरीले खुलाउँछ

गएको मंसीर २९ गते तीन दिनभित्र सम्पूर्ण खानी तथा क्रसर उद्योग बन्द गराइसक्न जिल्ला समन्वय समिति, ललितपुरले सबै स्थानीय तहलाई निर्देशन दियो। जिल्लामा धेरैजसो खानी तथा क्रसर उद्योग गैरकानुनीरूपमा संचालनमा हुँदै आएको र त्यसको अनुगमन गर्न समितिले खानी बन्द गराएको थियो। तर, उक्त निर्देशन कुनै पनि क्रसर उद्योग र व्यवसायीले पालना गरेनन्।

दुई प्रहरी पोस्ट हस्तान्तरण

भक्तपुरका दुई छुटाछुटै स्थानमा प्रहरी पोस्ट निर्माण गरी बिहीबार हस्तान्तरण गरिएको छ। अरनिको राजमार्गअन्तर्गत महानगरीय प्रहरी वृत्त जगातीमा निर्माण सम्पन्न जगाती प्रहरी चेकिङ पोस्ट र च्याम्हासिंहमा बनेको च्याम्हासिंह प्रहरी पोस्टको साँचो हस्तान्तरण गरिएको हो।

भागेका बालक अभिभावकको जिम्मामा

घरमा राखिएको पैसा झिकेर भागेका दुई बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बुधबार भागेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १२ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार अभिभावकको जिम्मा लगाएको हो।

लागुऔषध मुद्दामा युवाकाे संलग्नता बढी

नेपाल प्रहरीले दर्ता र अनुसन्धान गर्ने मुद्दाहरूमा सबभन्दा बढी लागुऔषधसम्बन्धी हुने गरेका छन्। यस्तो मुद्दामा परेकामध्ये ८१.११ प्रतिशत युवा रहेको सीमावर्ती जिल्ला पर्साको तथ्यांकले देखाएको छ। जसले लागुऔषध ओसारपसार, कारोबार तथा खानेमा युवाको संलग्नताबारे समग्र देशकै चित्रण गर्ने सरोकारवाला अधिकारीहरू बताउँछन्।

अवैध भट्टीमा प्रहरीको छापा, हजारौँ लिटर मदिरा बरामद

अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ।

प्रहरीद्वारा सडकमा बस्ने बालबालिका तथा असहायको उद्धार सुरु

महानगरीय प्रहरी परिसर काठमाडौंले सडकमा बस्ने बालबालिका र असहायको उद्धार तथा पुनर्स्थापना सुरु गरेको छ।

महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने जवानलाई साढे ३ बर्ष कैद

जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरी जवान भरत वलीलाई साढे ३ बर्ष कैद सजायको फैसला गरिएको छ। अदालतले सहकर्मी महिला प्रहरीलाई जरबजस्तीकरणीको प्रयास गरको ठहर गर्दै वलीबाट १० हजार क्षतिपूर्ति भराई महिला प्रहरीलाई उपलबध गराउने गरी फैसला सुनाएको हो।

उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ।

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

सशस्त्र प्रहरीको विशेष टोलीले भक्तपुरबाट एक थान पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्