८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

बालिकामाथि जवरजस्ती आरोपमा बृद्ध पक्राउ

एक बालिकामाथि जवरजस्ती गरेको आरोपमा उदयपुर प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ। बिहीबार साँझ ५ः०० बजे तिर स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका १३ असारीका ६५ वर्षीय एक बृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विवाह मण्डपमै कुटिइन बेहुली

विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्मला हत्या प्रकरण : भिआइपी अभिव्यक्ति नै भ्रामक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई नछोडिने स्पष्ट पारेका छन्। सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर आइजिपी खनालले अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुनअन्तर्गत सम्म कारवाही गरिने बताए।

‘प्रहरी र सरकारी वकिलबीच प्रभावकारी समन्वयमा जाेड

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन सुदृढीकरणका लागि प्रहरी र सरकारी वकिलबीचको समन्वय प्रभावकारी हुनुपर्ने बताएकी छन्।

जनशक्ति नहुँदा प्रहरीलाई काम गर्न कठिन

जिल्ला प्रहरी कार्यालयले प्रहरी जनशक्ति कम हुदा काम गर्न कठिन भएको जनाएको छ। जनशक्ति कम भएकोले काममा ढिलासुस्ती र प्रभावकारी कार्यसम्पादन गर्न नसकिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए।

प्रहरी चौकी भित्रै पेस्तोल पड्किँदा जवान घाइते, असई पक्राउ

ललितपुरको लाकुरी भञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्। प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङको पेस्तोल पड्किदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्। श्रेष्ठको गालामा गोली लागेको छ।

सशस्त्र प्रहरीलाई ७० लाखको पानी शुद्धिकरण उपकरण

नेपालमा वर्षेनी आउने बाढी पहिरोका कारण खानेपानी प्रदूषित हुने हुँदा पानी शुद्धिकरण उपकरणकाे प्रयोगले प्रभावित जनतालाई राहत पुग्ने विश्वास गरिएको छ। यो उपकरणले एक घण्टामा ४ हजार लिटर पानी शुद्धिकरण गर्न सक्छ।

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गरेका छन्।

प्रहरी–विद्यालय सम्पर्क समिति गठन

महानगरीय प्रहरी वृत्त कमलपोखरीले विद्यालय तहमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरेको छ। नेपाल प्रहरीले गृह मन्त्रालयको कात्तिक ११ को निर्णयअनुसार विद्यार्थीलाई ट्राफिक सचेतना, साइबर अपराध, दुर्व्यसन सम्बन्धि तालिम दिएर सचेत गराउन प्रहरी–विद्यालय सम्पर्क अघि बढाएको छ।

तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

भारतीय तस्करहरूले पर्साको जगरनाथपुर गाउपालिका–१, पाडेपुरस्थित प्रहरी चौकीका इन्चार्जसहित तीन प्रहरीलाई कुटपिट गरी घाइते बनाएका छन्। पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले मंगलबार राति चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक बिसुनदेव यादवसहित तीन प्रहरीलाई कुटपिट गरेका हुन्।

बलात्कारीको निसानामा अवोध बालिका

घोराही उपमहानगरपालिका–१२ की ४ वर्षीया रेणु (नाम परिवर्तन) घरनजिकै खेल्दै थिइन्। १२ वर्षीय एक बालक पनि उनीसँगै खेल्न थाले। त्यस क्रममा ती बालकले रेणुमाथि बलजफ्ती गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्