८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

एसपी रजौरे र डिएसपी शर्मा प्रदेशकै उत्कृष्ट प्रहरी

कर्णाली प्रदेश प्रहरी कार्यालयले एसपी वसन्त रजौरे र डिएसपी विनोद शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको छ। आफू खटिएको कार्यक्षेत्रको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रजौरे र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार दिएको हो।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

ट्वाइलेट नबनाइदिएको भन्दै छोरीले बाबुलाई प्रहरी चौकी पुर्याइन्

मानिसका अनेक चाहना हुन्छन्। कसैका पूरा हुने खालका चाहना हुन्छन् भने कसैका कहिल्यै पूरा नहुने चाहना हुन्छन्। कसैका धैरै ठूला सपना हुन्छन्। कसैका साना सपना हुन्छन्। जनसंख्यका आधारमा विश्वकै सबैभन्दा दोस्रो ठूलो देश, भारतमा एक सात वर्षीय बालिकाको एउटा सपना पूरा नहुँदा आफ्नै बाबुविरुद्ध उनी प्रहरीको ढोकामा पुगेकी छन्।

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी खोजीमा गइदिएन। युवती हराउने र खोजी गर्दा बलात्कारसहित हत्या भएको अवस्थामा फेला पर्ने घटना भइरहेका बेला प्रहरीको यो व्यवहारले स्थानीय असन्तुष्ट बने। निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्नू भन्दा प्रहरीले इन्कार ग-यो।

ट्राफिककाे लापरवाहीका कारण टाइम कार्ड लागु भएन

राजमार्गमा गति सिमित गरी दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्ने भनिएपनि पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीको वेवास्ताले टाइम कार्डको प्रभाव देखिन छाडेको छ।

धनगढीमा आन्दोलनकारी–प्रहरी घम्साघम्सी

धनगढीका युवाले मंगलबार निर्मला पन्तको तस्बिरसहितको पोस्टर प्रदेश ७ मुख्यमन्त्री कार्यालयअगाडि टाँस्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी हुन पुग्यो। आन्दोलनकारी ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्दै अगाडि बढे भने पछि लागेको प्रहरीले च्यात्दै फ्याँक्न थाल्यो। त्यसपछि आक्रोशित युवाको समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो।

समायोजन अध्यादेशप्रति प्रहरीको असमति

सरकारले प्रदेश प्रहरी समायोजन अध्यादेश ल्याउने अन्तिम तयारी गरेपछि प्रहरी प्रधानकार्यालयले असहमति जनाएको छ। कानुन मन्त्रालयले प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन गृह मन्त्रालयलाई सहमति दिइसकेको र त्यसलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेपछि प्रहरीले त्यसमा असहमति जनाएको हो।

प्रहरीलाई ४९ इन्चको टेलिभिजन उपहार

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले जिल्ला प्रहरी कार्यालयलाई ४९ इन्चको टेलिभिजन प्रदान गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरी कार्यालयको हाताभित्र निर्माण गरेको प्रतिक्षालयमा सेवाग्राहीका लागि टेलिभिजन प्रदान गरिएको अध्यक्ष यामबहादुर विसीले जानकारी दिए। एकता समाजको ११ औं स्थापना दिवसको अवसर पारेर ५६ हजारको टेलिभिजन किनेर उपलब्ध गराइएको अध्यक्ष विसीले जानकारी दिए।

मृत अवस्थामा बालक फेला

कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीय खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो।

टिचिङ अस्पतालभित्र आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।

८ देशका १५ प्रहरी अधिकृत काठमाडौंमा

दक्षिण एसियामा कानुन कार्यान्वयन र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ८ देशका प्रहरी काठमाडौं आएका छन्।

लैगिक हिंसा नियन्त्रणका लागि प्रहरी सञ्जाल

नेपाल प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने भएको छ। लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीपछि प्रहरीले यसलाई देशभर सञ्जाल गठन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध प्रहरीमा उजुरी आएपछि...

प्रधानमन्त्री केपी शर्मा ओली र युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध धर्म परिवर्तन कसुर गरेको आरोपमा आएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको र सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोख्रेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन खोजेका थिए।

कमलपोखरी प्रहरी वृत्त सार्न गगन थापाको लबिङ !

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कमलपोखरी प्रहरी वृत्तको कार्यालय सार्न पहल थालेका छन्।  मंगलवार काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित कमलपोखरी पुननिर्माण ढाँचामाथिको छलफलमा बोल्दै नेता थापाले कमलपोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न आफूले पहल गरिरहेको जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्