८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार

कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्।

सशस्त्रको जीप पुलमा ठोक्किँदा ६ जना घाइते

सशस्त्र प्रहरीको जीप पुलमा ठोक्किँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। गैर चोकस्थित चेक प्वाइन्टको डिउटी टोलीलाई साटफेर गर्न शुक्रबार साँझ साँढे ६ बजे सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर हिँडेको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।

जनचेतनामा अब्बल प्रहरी

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुर्खेत प्रहरीले एक सय दिनको अवधिमा करिब दुई हजार ठाउँमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। टोलटोलमा प्रहरीको उपस्थिति देखाउन, समाजमा हुने अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सय दिनको अवधिमा एक हजार नौ सय ५९ स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

रोल्पा प्रहरीको आधुनिक भवनको शिलान्यास

जिल्ला प्रहरी कार्यालय रोल्पाको भवन शिलान्यास गरिएको छ। २२ कोठे आधुनिक भवन निमार्णको शुक्रबार रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले शिलान्यास गरे।

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सुरक्षा संगठनको महत्वपूर्ण भूमिकाः आइजिपी खनाल

सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको महत्वपूर्ण भूमिका रहने बताएका छन्। त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने उनको भनाई छ।

प्रहरीकै मिलेमतोमा तस्करी

केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो। घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीको सेटिङमा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ।

जन्मगाउँ पुगेर अाइजिपी खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन्। आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा अाइतवार आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए।

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) काे ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ।

वनले छोड्यो, प्रहरीले समात्यो

स्थानीयहरुको निरन्तरको खबरपछि बराहताल सव–डिभिजन कार्यालयको टोलीले गत सोमबार तरंगाबाट साढे तीन सय क्यूफिट सालको काठ बरामद ग-यो। दुई वटा सामुदायिक र राष्ट्रिय वनमा लाखौंका काठहरु काटिएको सूचना वनसँग भएपनि टोली त्यहाँसम्म पुगेन्। एक ठेकेदारले घाटगद्दी गरेर राखेको ठाउँबाट चार वटा गोलिया र बाँकी काठ गाउँ नजिकैको वनमाराको जंगलबाट बरामद गरेर टोली फर्कियो।

नक्कली प्रहरी पक्राउ

आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेका छन्।

क्रसर उद्योगको अवैध उत्खनन, प्रहरी हस्तक्षेपपछि ठेकेदारको भागाभाग

दैनिक २२ खेप ढुंगा, गिटी र बालुवा ओसारिरहेको टिपर हिँड्ने ग्रामीण बाटो एक हप्ता नपुग्दै धुजा धुजा भएको र नहरको पुल पनि भाँसिएको देखेर स्थानीयबासीले नै उत्खननको बारेमा चासो लिएर सोधखोज गर्न थालेपछि सबै काम अवैध रहेको देखिएपछि प्रहरीले मंगलवार हस्तक्षेप गरेको छ।

अब प्रहरीमा निःशुल्क एसएमएस

नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि निःशुल्क एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । १३औं महानगरीय प्रहरी दिवस मनाउने क्रममा नेपाल प्रहरीले नागरिकबाट दैनिक सूचना लिने कामलाई सहज बनाउने उद्देश्यले निःशुल्क एसएमएस सेवा सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्