८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

दानमा वक्रदृष्टि

नेपाल प्रहरीलाई दान दिएको जग्गामा सरकारको वक्रदृष्टि परेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) रहेको जग्गा सरकारले लिन लागेको छ । एकेडेमी सञ्चालनका लागि पूर्वप्रहरी उपरीक्षक (एसपी) कृष्णभक्त श्रेष्ठले केही रोपनी जग्गा दान दिएका थिए । साथै प्रतिष्ठान रहेको अरू जग्गा पनि सरकारले उनकै परिवारबाट लिएको हो।

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई, चाेरी गर्ने ५ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ। महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन्।

९ किलो चरेशसहित महिला पक्राउ

रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो।

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

नेपाल प्रहरीले ५ वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका ७ हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ।

स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ

प्रहरीले स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार एकजनालाई पक्राउ गरेको छ। सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने रबिन थापालाई विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

थानकोटको चन्द्रागिरीमा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

नेपाल प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत चन्द्रागिरी नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा ३३ सदस्य समिति गठन गरिएको हो।

प्रहरीमाथि खुकुरी प्रहार

दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ। शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो।

अापराधिक घटना राेक्न प्रहरी र स्थानीय तहबीच सहकार्य

‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले स्थानीय तहसँग सहकार्य थालेको छ।

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला।

थुनुवा भगाएको आरोपमा प्रहरीलाई मुद्दा

प्रहरीको नियन्त्रणमा रहेका एकजना थुनुवा भगाउन सहयोगी बनेको भन्दै दाङ प्रहरीले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। गत २६ गते सार्वजनिक अपराध तथा नैतिकताको बिरुद्ध कसुरमा प्रहरी नियन्त्रणमा रहेका तुलसीपुर ५ का बिष्णु बुढाथोकी भागेका थिए।

अन्तर्राष्ट्रिय ‘डिजिटल गर्भनेन्स अवार्ड’ नेपाल प्रहरीलाई

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने अन्तर्राष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ। जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले पनि प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ। संघलाई ओभरटेक नगरि वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन कस्सिएको हो। प्रदेश प्रहरी ऐन ल्याउन लागेको दोश्रो प्रदेश पनि गण्डकी हो। यसअघि नै प्रदेश नं. २ ले प्रहरी ऐन पारित गरेपछि संघ सरकार र प्रदेश सरकारबीचको अधिकारको विषयमा तरंग ल्याएको थियो।

पाँच किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्