८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भरुवा बन्दुकसहित एक पक्राउ

खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्।

महिला प्रहरीको भाइटीका डियुटीमै

प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकीले एक पटक पनि भाइटीकामा दाइको निधारमा टीका लगाउन पाएकी छैनन्। उनको दाइको निधारमा सप्तरंगी टीका र सयपत्री माला लगाउने रहर रमरमै सिमित छ।

रुकुमका स्थानीय तह नगर प्रहरी भर्ना गर्दै

रुकुम (पश्चिम)मा रहेका स्थानीय तहहरुले नगर प्रहरी भर्ना गर्न सुरु गरेका छन्। ६ स्थानीय तह रहेको जिल्लाका दुई स्थानीय तहले नगर प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेका हुन्।

अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुग्यो (फोटो फिचर)

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।

संगठनको मर्यादामा आँच पु-याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु-याउने गतिविधि सह्य नहुने बताएका छन्।

प्रहरीको कार्यक्षेत्रमा हस्तक्षेपले विवाद

प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखबीच प्रहरीलाई कसले परिचालन गर्ने भन्ने विवाद बढ्दै जाँदा प्रहरी प्रमुखको सरुवा भएको छ।

सर्वसाधरण थुनिन्छन्, अपराधी छुट्छन्

चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्।

सिडिओको दबाबमा एसपी सरुवा

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्।

सशस्त्रका ५ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

सर्लाही घटनामा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

नेपाली काङ्ग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको स्रोतले जनाएको छ।

माओवादी आक्रमणमा एक पत्रकार र दुई प्रहरी मारिए

माओवादी विद्रोहीको आक्रमणमा भारतको राष्ट्रिय प्रसारण संस्था दूरदर्शनका एक क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको छ।

सीमा क्षेत्रमा स्थानीय र प्रहरीबीच असमझदारी

भारतीय हतियारधारी समूहले गत असोज ४ गते नेपाल आएर सुनसरी हरिनगरको भुटाहामा विद्यालय सञ्चालकको हत्या गरे । चार जनाको संख्यामा आएका उनीहरूले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए।

मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवानलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीद्वारा समुदाय–प्रहरी साझेदारी अभियान सार्वजनिक

बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्