कपिलस्तु– जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरी जवान भरत वलीलाई साढे ३ बर्ष कैद सजायको फैसला गरिएको छ। अदालतले सहकर्मी महिला प्रहरीलाई जरबजस्तीकरणीको प्रयास गरको ठहर गर्दै वलीबाट १० हजार क्षतिपूर्ति भराई महिला प्रहरीलाई उपलबध गराउने गरी फैसला सुनाएको हो।
अदालतका न्यायधिश लोकजंश शाहको एकल इजलासले मुलुकी अपराध (सहिंता) ऐन २०७४ अनुसार सो सजाय तोकेको श्रेस्तेदार डिल्लीराज शर्मा अर्यालले बताए। पीडितको जाहेरी र बयान अनुसार प्रहरी जवान कसुरदार ठहरिए पछि सो कैद र जरिवानाको फैसला आएको श्रेस्तेदार अर्यालले बताए। गत असोज २० गते राति १०ः१५ बजेतिर प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हाल बासगढी नगरपालिका ८ बर्दियाका २२ बर्षे भरत वलीले महिला प्रहरीलाई बलात्कारको प्रयास गरेका थिए।
प्रहरी कार्यालय नजिकै रहेको बसबार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ बर्षे महिला प्रहरी जवानलाई वलीले बलात्कारको प्रयास गरका थिए। ड्यिुटी सकेर आफ्नो घरको नलमा पानी चलाएर कोठामा जाने क्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबरजस्ती कोठामा लगेका थिए। कोठाको ढोकाको चुक्कल लगाएर करणी गर्न खोजेपछि महिला प्रहरीले प्रतिकार गरेकी थिइन। घटना पछि वली त्यहाँबाट भागेका थिए।
घटनाबारे महिला प्रहरीले तत्कालै आफ्नो श्रीमानलाई फोनमार्फत जानकारी गराएकी थिइन। गत असोज २१ गते ती महिला र उनको श्रीमानले जिल्ला प्रहरी कार्यालयमा गएर वलीविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी लगत्तै वलीलाई तत्कालै पक्राउ गरी जबरजस्तीकराण्ीको उद्योगको मुद्दा चलाइएको थियो। घटना भएको ८ महिना अघि जिल्ला प्रहरी कार्यालयमा वली आएका थिए। उनले प्रहरी कार्यालयभित्र क्यान्टिन चलाउने गरेका थिए।
प्रकाशित: १७ पुस २०७५ १५:०१ मंगलबार