८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प तानाशाही हुन्:कमला ह्यारिस

राष्ट्रपतिका प्रत्यासी कमला ह्यारिसले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई अस्थिर र तानाशाही भएको आरोप लगाएकी छन्।

एक पत्रिकासँगको अन्तर्वातामा ह्यारिसले ट्रम्पका पूर्व चीफ अफ स्टाफ जोन केलीको भनाई उदृत गर्दै ट्रम्प हिटलर जस्तै तानाशाही व्यक्ति भएको बताएकी हुन्।

चुनावी दिन नजिकिदै गर्दा उम्मेद्वारबीच आरोप प्रत्यारोपको श्रृंखला तिब्र बन्दै गएको छ। ह्यारिसको अभिव्यक्ति सार्वजनिक भए लगत्तै ट्रम्प अभियानले त्यसको खण्डन गरेको छ। 

ट्रम्प अभियानका प्रवक्ता स्टीभन चेउङले ह्यारिस पराजयको मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेका छन्।  

उनीमा हताश बढ्न थालेको छ, प्रवक्ता चेउङले भने, किनभने उनको अभियान कमजोर बन्दै गएको छ। पछिल्ला तथ्यहरुले ट्रम्पको चुनावी अभियान ह्यारिसको भन्दा प्रभावकारी बन्दै गएको देखिन्छ।

प्रकाशित: ८ कार्तिक २०८१ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App