८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक सातापछि सुनको भाउ घट्यो

पहेलो धातु सुनको मूल्य घटेको छ। लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको हो । एक साता यता, दिनहुँ उकालो लागेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। महासंघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। 

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

सुनको भाउ घटेसँगै बिहीबार चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App