३ कार्तिक २०८१ शनिबार
image/svg+xml

पर्यटकीयस्थलमा उद्यौली साकेला

उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किरात समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किरात राई समुदायले बिहीबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका मझुवागढी, रुपाकोट, महुरेगढी, बगरेभञ्ज्याङ, तुवाचुङ लगायतका स्थलमा साकेला नाचेका हुन्। किरात समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ।

गन्तव्य तोकिए, पूर्वाधार छैन

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि ४० वटा पर्यटकीय गन्तव्य छनोट ग-यो। जसमा जुम्लाका चन्दननाथ मन्दिर, गुठीचौर, पातारासी र सिँजा भ्याली सभ्यता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय क्षेत्रका रुपमा समेटिए। जुम्लाको त्रिवेणी दानसाँघु, चन्दननाथ मन्दिर, पातारासी हिमाल र गुठीचौर राष्ट्रिय स्तरका पर्यटकीय क्षेत्रका रुपमा समेटिएका छन्।

पर्यटकीय नगरीमा पर्यटन महोत्सव सुरु

पर्यटन वर्ष सन् १०२० को प्रवद्र्धनका लागि आयोजित प्रथम सूर्याेदय पर्यटन महोत्सव शनिबार सुरु भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा उदाउँदो सूर्यको पूजा र करफोकमा आयोजित समारोहमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरे।

मायादेवीमा पर्यटक आकर्षित

रुपन्देही मर्चवार बस्ने हरि लोध रानीमहलसँग सेल्फी लिइरहेका थिए। रानीमहल जाने भनेर ३ पटकसम्म योजना बनाएका उनले घरायसी विविध कारणले पुग्न अहिलेसम्म सकेका छैनन। पेशाले व्यवसाय गर्ने लोधको ईच्छा पाल्पा गएर रानीमहलसँगै तस्विर लिने छ।

लाङटाङमा चौरी पाल्ने बढे

जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध बिक्री गर्न समस्या छैन। यस क्षेत्रमा चीज उत्पादन केन्द्र भएका कारण दूध बिक्रीमा समस्या छैन।

नेता हेलीमा सरर, जनता सडकमा आजित

राजधानी काठमाडौंबाट एक सय ३२ किलोमिटरको दूरीमा रहेको सुन्दर पर्यटकीय जिल्ला दोलखामा केही वर्षअघिसम्म दैनिक सयौंले आउजाउ गर्थे। नेपाली पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको यो जिल्लामा आउने पर्यटकहरू पछिल्ला दिनमा घटेका छन्।

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान सुरु

सिरहामा पर्यटन वर्ष २०२० लाई स्वागत्त गर्न सरसफाई कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको छ। महिला एवं बालबालिका सरसफाई अभियन्ताहरुले प्रदेश २ अन्तर्गत सिरहाको सलहेश फूलवारी पर्यटकीय क्षेत्रमा बुद्यबारबाट नियमित सरसफाई सुरु गरेको छ।

दसैं तिहारले पर्यटकीयस्थलमा चहलपहल

दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्ने रहर यसपल्ट दसैं तिहारको फुर्सदको समयमा पूरा गरेका हुन्।

सेनाको पनि नेपाल भ्रमण वर्ष २०२० केन्द्रीत कार्यक्रम

नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि संचालन गर्ने भएको छ।

ललितपुरमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने भुसालको घोषणा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले ललितपुरमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने घोषणा गरेकी छिन्।

सम्पदा छन्, सडक छैनन्

भक्तपुरको पर्यटकीय आकर्षण केन्द्रको चर्चा हुने बित्तिकै आउँछ नगरकोटको नाम। तर सडक हिलाम्य भएका कारण नगरकोटसम्म सहजै पुग्न कठिन छ। भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य वर्षौदेखि हुँंदै आए पनि अझै सकिएको छैन।

ऐतिहासिक स्थलबाट ढुंगा झिक्ने तीन पक्राउ

खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने तुवाचुङ–जायाजुमडाँडाबाट अवैध रूपमा ढुंगा निकालिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

सडक पूर्वाधार नै मुख्य समस्या

पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गत वर्ष देशका सय गन्तव्य पहिचान ग-यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास र त्यसबाट हुने लाभ जनस्तरसम्म पु-याउने उद्देश्यसहित पहिचान गरिएका पर्यटकीय स्थलमध्ये २९ स्थान प्रदेश १ मा पर्छन्।

पर्यटकीय नाकामै सास्ती

भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।

मन्दिर निर्माणका लागि वाकाथन

कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघको सहकार्यमा भ्रमण वर्ष २०२० सफल पार्न निजी क्षेत्रको पूर्वतयारीका रूपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ किमि वार्म अप वाकाथनको आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्