३ कार्तिक २०८१ शनिबार
image/svg+xml

फोक्सुन्डोमा अल्झिएको मन

नेपालगञ्जको चिया दुकानमा पुग्दा ‘विविधतामा एकता’ देखियो। हिमाली, पहाडी, हिन्दू, मुसलमान, मधेसी सबै त्यहाँ चियाको चुस्की लिँदै थिए। त्यो रात त्यहीँको होटलमा बसियो।

टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ। राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो।

‘भीरमाथि लुकेको सुन्दर पर्यटकीय गन्तव्य’

केही वर्ष अघिसम्म बाक्लो बस्ती थियो, व्यास नगरपालिका–५ मानहुँमा। मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिने त्यो बस्तीमा तलबाट हेर्दा अहिले पनि कहालीलाग्दो भीरपखेरो मात्र देखिन्छ। यतिसम्म कि सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न। खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदान कुनैबेला ७० घरले भरिभराउ रहेकोमा अहिले घटेर सात धुरिमा सीमित छ।

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ।

पर्यटकीय गन्तव्यमा बसन्तपुरको नाम छुट्यो

सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको नाम छुटेको छ। सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं विकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तूप, स्वयम्भू स्तूप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ। यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ।

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढेको छ।

ढुंगा उत्खनन गर्ने नियन्त्रणमा

रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी आसपासबाट ढुंगा–गिटी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बराहपोखरीको डिपिआर बन्दै

सरकारले सयवटा गन्तव्यको सूचीमा समावेस गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रदेश ३ मा १ सय १९ नयाँ उद्यान बन्ने

प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो।

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक वर्ष ०७५/७६ सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो।

प्रदेश सरकारको ४४ नयाँ गन्तव्य योजना

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ जिल्लाका ४४ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेशका हरेक जिल्लाबाट चारवटाका दरले ४४ वटा नयाँ गन्तव्य बनाउने प्रदेश सरकारको तयारी छ ।

खुम्बुलाई ‘पर्यटकीय गाउँपालिका’को प्रमाणपत्र

प्रदेश १ को चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेअनुरूप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारबापतको चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन्।

भक्तपुरमा पर्यटकीय योजनाको खाँचो

भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने भए पनि जिल्लाले बृहत्तर योजना बनाएर पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताए। ‘कुन पर्यटकीय गन्तव्यलाई कसरी विकास गर्ने, एकीकृत योजना आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यको विकास नहुँदासम्म पर्यटक आगमन वृद्धि हुँदैन।’

पर्यटकका लागि विद्युतीय बस

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्