९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीश विनाको संवैधानिक सुनुवाई नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विना गरिरहेकोले अब यसो नगर्न आदेश दिएको हो।

गढीमा निःशुल्क आँखा शिविर

सुनसरीको गढी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब विराटनगर हलेसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लबको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो।

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन्।

काँग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा आज सुनुवाई

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले शुक्रबार पेसी तोकेको छ।

पश्चिममा लगातार वर्षा

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेकाले पश्चिम तराईका जिल्लासँगै पहाडी तथा हिमाली जिल्लामा पनि लगातार वर्षा भइरहेको छ।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।

एक साता मनसुन सक्रिय: यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विद्यालय शिक्षा प्रवर्तकका रूपमा महानगरका प्रमुख–उपप्रमुख सम्मानित

सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उनीहरूलाई सम्मान गरेको हो। सम्मानमा स्थानीय भाषाका रूपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रूपमा अभिनन्दन गरिएको उल्लेख छ।

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।

अझै तीन दिन मनसुन सक्रिय हुने

मनसुनी न्यून चापीय रेखा नेपालको तराई–भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताईन्।

अझै एक साता मनसुन सक्रिय हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

मनसुन फेरि सक्रिय: आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उम्किएको सुनौलो अवसर

नेपाली काँग्रेसमा छँदैदेखि स्वच्छ छवि कायम राख्न सफल ठाकुर मधेसीका अगुवा हुँदा पनि सम्मानित नै थिए। तर यसपालि उनमा अथाह विचलन आएको देखियो– आँखा चिम्लेर ओलीको समर्थनमा लागिरहेका ठाकुर एक्कासि देउवालाई विश्वासको मत दिनेहरूको लहरमा उभिए। उदेकलाग्दो स्थिति देखियो।

पत्रकार जोशीद्वारा आर्थिक सहयोग

एपी वान टेलिभिजनमा कार्यरत जोशीले व्यक्तिगततर्फबाट २५ हजार र उनकी बहिनी मञ्जु जोशी अर्याल र र जुवाइँ हरि अर्यालका तर्फबाट १५ हजार गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्