coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन्। प्रधानन्यायाधीश आफैं बस्दा मुद्दामा स्वार्थ बाझिने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएपछि जबराले सुनुवाइमा नबस्ने जानकारी गराएका हुन्।

निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश जबराले इजलासमा नबस्ने जानकारी गराएको नागरिकन्यूजलाई बताए। 'श्रीमानले नियुक्ति प्रक्रियामा भाग लिएको र यो मुद्दासँग स्वार्थ बाझिने भएकाले सनुवाइ गर्न उपयुक्त नहुने भन्यौं। बेन्च छोड्दा राम्रो हुन्छ भनेर सुझायौं। उहाँहरुले सल्लाह गर्छौं भन्नुभयो,' उनले भने, 'एक घण्टापछि इजलासमा आएर ठीक छ मा सुनुवाइमा अनुपस्थित हुन्छु भन्नुभयो।'

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका आधारमा नियुक्त गर्न सकिने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक अंगमा नियुक्ति गरेका थिए। उक्त अध्यादेश र नियुक्तिविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई विपक्षी बनाई रिट दायर गरेका थिए।

गत पुसमा दर्ता भएको रिटमाथि ९ महिनापछि शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। तर विपक्षी बनाइएका प्रधानन्यायाधीशले नै संवैधानिक इजलासको अध्यक्षता गरेपछि कानुन व्यवसायीले कन्फिलिक्ट अफ इन्ट्रेस्टको प्रश्न उठाएका हुन्।

प्रकाशित: ११ भाद्र २०७८ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App