२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा आज सुनुवाई

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले शुक्रबार पेसी तोकेको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै ईटा भट्टामा जलाएको आरोपमा अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित: ११ भाद्र २०७८ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App