८ वैशाख २०८१ शनिबार
समाज

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।  

‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौं। सुन्दर बगैंचार खुला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो। विवाद समाधानको समय कुर्दा समय लाग्यो। नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो,’ शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने, ‘हामी विवादमा पर्न चाहेनौं। त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौं।’ वडाध्यक्ष विकास डंगोलले वडाको लागत चार करोड २५ लाख ३२ हजार अनुमान गरिएकोमा तीन करोड २० लाख ५१ हजारमा कवोल गर्ने निर्माण पक्षले जिम्मेवारी पाएको जानकारी दिए ।

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन जमिनतलासहित ६ तले हुनेछ। भवनको भूमिगत तलामा पार्किङ हुनेछ। अपांगमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ। पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष हुनेछ। भवनको निर्माण अवधि १५ महिना अर्थात् ०७९ असार १५ गतेसम्मराखिएको छ।

प्रकाशित: ३ भाद्र २०७८ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App