पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक ज्यामरुककोट
उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट।
उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ।
गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।
महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।
प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।
यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
सात तालको बगैंचा शहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ।
मेघौली, देवघाटधाम, पटिहानी, सोमेश्वरगढी, बीसहजारी ताल, चौकीडाँडा, जलवीरे झरना, सिन्ती झरना, परेवाकोट, गोद्धकधाम, वैकुण्ठधाम, सिराइचुली, उपरदाङगढी, इच्छाकामना, कुरिनटार, बाघमारा सामुदायिक वन, कंकाली सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वनजस्ता घुुमफिरका गन्तव्य चितवनमा छन्।
पोखराका विभिन्न १६ वटा पर्यटकीय गन्तव्यमा क्यूआर कोड राखिएको छ। पोखराका ती १६ वटा गन्तव्य धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले ती गन्तव्यमा राखिएका क्यूआर कोड स्क्यान गरेपछि ती गन्तव्यबारे सुन्न र पढ्न मिल्ने सामाग्री पाउनेछन्, त्यो पनि विभिन्न भाषामा। हालका लागि पाँचवटा भाषामा १६ वटा ठाउँको चिनारी क्यूआर कोडमार्फत दिनेगरि राखिएको छ।
धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढंगले जीर्णोद्धार गरिएको छ।
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।
ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न सक्छन् । उनीहरूको प्रभाव विश्वव्यापी रूपमै हुने भएको हुँदा जानकारी छिनमै धेरैै मुलुकहरूमा फैलिन्छ । फलस्वरूप घुम्न चाहने व्यक्तिमाँझ सूचना फैलिएर पर्यटक बढाउँछ ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी नेपाली नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्यमा पाहुनाको घुइँचो लागेको छ।