१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूले नेपालगन्जबाट हुने उडान रोक्छन्। उनीहरू काठमाडौं र पूर्वी क्षेत्रका पर्यटकीय गन्तव्यहरूमा उडान गर्न भन्दै उतै लाग्छन्। यस वर्ष पनि यही अवस्था दोहोरिएको छ।

अहिले नेपालगन्जबाट तारा र सीता एयरले पश्चिम पहाडी जिल्लामा हुने उडान रोकेर पूर्वी क्षेत्रमा उडान भर्न थालेका छन्; जसको सास्ती सर्वसाधारण नागरिकले व्यहोर्नु परिरहेको छ।

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा सीता, समिट, तारा र नेपाल एयरलायन्सका जहाजले उडान भर्दै आएकोमा अहिले सरकारी स्वामित्वको नेपाल एयरलायन्स र समिट एयरले मात्रै उडान गरिरहेका छन्। प्रायः हिमाली जिल्लाबाट हिउँदको समयमा जाडो छल्न मानिसहरू तराई झर्ने र गर्मी मौसम लागेपछि फेरि हिमाल फर्कने चलन छ। यसका अलावा यो मौसम हिमाली जिल्लामा जाने यात्रुको चाप बढी हुने, विकास निर्माणका काममा सरकारी कर्मचारी र जनताले यात्रा गर्ने समय पनि यही हो। तर, उडान नै नहुँदा उनीहरूले टिकट पाउन समस्या भइरहेको छ। त्यसमा पनि सर्वसाधारण यात्रुले टिकट पाउनै मुस्किल भइरहेको छ।

प्रकाशित: २ चैत्र २०७९ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App