coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागलुङ कालिका मन्दिर जीर्णोद्धार

तस्वीर: रासस

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढंगले जीर्णोद्धार गरिएको छ। ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ।

धार्मिक संरचना कंक्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यमा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढंगले रूपान्तरण गर्न रणनीतिक योजना बनाएको हो।

मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्ड लगायत निर्माणाधीन छन्। दुई महिना लगाएर ताम्रपत्र मर्मत लगायत काम गरेको छ। मन्दिरको बाहिरी संरचनामा कलात्मक रूपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ।

पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत मन्दिरको स्वरूपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्त्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

‘मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जीर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो,’ उनले भने, ‘दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो।’

मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ। सिमेन्ट र ढुंगाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउँछन्।

२६ लाख रुपैयाँको लागतमा मन्दिरको जीर्णोद्धार गरिएको हो। सत्तल निर्माणमा ७० लाख रुपैयाँ र हवनकुण्ड निर्माणमा १३ लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ। मन्दिर जीर्णोद्वारपछि चिटिक्क देखिएको छ। आगामी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्त्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ। रासस

प्रकाशित: १० फाल्गुन २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App