१८ असार २०८१ मंगलबार
image/svg+xml

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।

चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ढाका–पोखरा नियमित उडानको पहल

पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यावसायिक क्षेत्रबाट एयर अस्ट्रालाई ढाका–पोखरा उडान गर्नका लागि अनुरोध गर्ने तयारी भएको छ। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको सरोकारवालाको भनाई छ।

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्

भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक हौँ: पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताएकी छिन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

पारदर्शिता र सुशासन एक अर्काका पूरक : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन्।

नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !

नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

सुनकोसी–मरिन डाइभर्सन आयोजना : छिचोलियो सुरुङ

काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।

सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सहमत हुने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने बताएको छ।

रास्वपा संसदीय दलको बैठक सुरु, बजेट अधिवेशनबारे छलफल

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई रास्वपाको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा सहभागी भएका चारजना मन्त्रीहरूले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई चिठी लेखेर आफ्नो र आफ्ना परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गरका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्