७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

फुल कन्ट्याक्ट कराते सुरु

फाइल तस्बिर

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपिएफ गरी ९ टोलीका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी दिए।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आइकेओका अमित महर्जन, एपिएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रवीन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपिएफका पेम्बा छिरिङ तामाङ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

पुरुष ५० केजीमा एपिएफका सुनिल तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलङ्गे, आइकेकेएफका सुशील अधिकारी, आइकेओका दीपेन्द्र रोकाय, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आइकेएका अनिल लोहार, आइकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वार्टरफाइनलमा पुगे।

प्रकाशित: २५ वैशाख २०८१ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App