१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उपसभापति डा.वाग्लेले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रूपान्तरणकारी क्षेत्र छुटाउनु मिसन मोड भएको संज्ञा दिए । उनले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरूको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताए ।

उनले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवेयर निर्यात पु¥याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए । उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए । डा.स्वर्णिम वाग्लेले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरू सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरू बनाउने र विदेशमा पनि आइटी फोरमहरूलाई निश्चित मापदण्डहरू तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए ।

उनले एक सय वर्षको इतिहासमा ऊर्जामा करिब ३ हजार मेगावाटको हाराहारीमा जति क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावाट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको ठाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औसत बसाइँलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित: २२ जेष्ठ २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App