५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुई खर्ब रेमिट्यान्सको भविष्य के ?

आर्थिक वर्ष २०७४÷७५ मा एक लाख चार हजार दुई सय नौ युवा रोजगारीका लागि मलेसिया जाँदा दुई खर्ब तीन अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालु आर्थिक वर्षमा एक जना पनि युवा रोजगारीका लागि मलेसिया जान नपाएपछि कम्तीमा दुई खर्ब रेमिट्यान्सको भविष्य के भन्ने प्रश्न उब्जेको छ।

मलेसियामा अलपत्र २३ नेपालीलाई स्वदेश फर्काइयो

रोजगारिका लागि मलेसियामा गएर अलपत्र परेका २३ नेपालीलाई राजदूतावासले नेपाल फर्काएको छ। मलेसियाको विभिन्न क्षेत्रको घर फिर्ती केन्द्रमा अलपत्र परेका २३ नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सहयोगको नाममा मलेसियामा ठगी धन्दा माैलाउँदै

करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वाललाम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथमसचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्।

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो।

नेपाल कुवेत र मलेसियासँग भिड्दै

आगामी चैत्र ७ र १२ गते नेपाली राष्ट्रिय पुरुष टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नवनियुक्त प्रशिक्षक जोहान कालिनको प्रशिक्षणमा नेपालको राष्ट्रिय फुटबल टोलीले कुवेतसँग कुवेतमा खेलेको पाँच दिनपछि मलेसियासँग मलेसियामा नै मैत्रीपूर्ण खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल लगायत विदेशी कामदार लैजाने प्रक्रिया पुरानै

मलेसिया सरकारले गठन गरेको विदेशी कामदार व्यवस्थापन समितिले पाँच महिनाको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। त्यहाँका पूर्वन्यायाधीश दातुक सेरी हिसामुद्धिन युनुसको संयोजकत्वमा गठन गरिएको समितिले नेपाल लगायत विदेशबाट कामदार लैजाने प्रक्रिया पुरानै हुनुपर्ने प्रतिवेदनमार्फत सुझाव दिएको छ।

नेपालीका व्यवसायमा मन्दी

राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए। ‘पहिले जस्तो चहलपहल छैन,’ उनले नागरिकसँग भने, ‘नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु?’

मलेसियामा नेपालीको भेटघाटको थलो ‘घन्टाघर’

अर्घाखाँचीका मित्रबहादुर क्षेत्री र दोलखाका रमेश बस्नेत अघिल्लो साता क्वालालम्पुर सहरको कोताराया नजिक मेदान पासारको घन्टाघरमा भेटिए। त्यसको तीन दिनअघि भेट्ने योजना बुनेका उनीहरूले भेटघाटका लागि यही ठाउँ रोजेका थिए।

दुई सय ६ नेपाली मलेसियाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।

मलेसियालाई पराजित गर्दै नेपालको विजयी सुरुवात

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ। थाइल्याण्डको बैंककमा जारी खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।

खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचीमा

सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ।

मलेसियादेखि मसानघाट सम्म....

कान्छो छोरो विदेश गए पनि बाबुको कर्तव्य पुरा गर्दै गरेका भरतमणी बुढेसकालको बाँकी जीवन २ छोराको सहारामा बिताउने योजना बुन्दै हुन्छन्। कर्म त राम्रै थियो भरतमणीको। तर भाग्यले भने उनलाई सधैं ठग्छ। अनि नियति यस्तो बनिदिन्छ कि छोराले दागबत्ती दिनुपर्नेमा बाबुले छोराको शवमा दागबत्ती दिनुपर्छ। भरतमणीको भाग्यमा यो भन्दा ठूलो बज्रपात अरु के पर्ला र! तर आफ्नो कर्मै यस्तो रहेछ भनेर चित्त बुझाउने बाहेक भरतमणीका अगाडि अन्य विकल्प बाँकी रहेन।

संघीय सांसद नै भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु हुने आसमा बेरोजगार युवा रहेको बेला सांसद र पहुँचवाला व्यवसायीको लबिङले मलेसिया रोजगारी खुल्नमा ढिलाइ भइरहेको तथ्य फेला परेको हो।

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनौट गरिएका नयाँ राजाले बिहीबार राज्यारोहण गरेका हुन्। खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा निलो पानीरङको औपचारिक पोशाक लगाएका थिए। क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा साँस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले शपथ ग्रहण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्