६ आश्विन २०८१ आइतबार
image/svg+xml

कलिङ भिसा १० हजारसँग, श्रम स्वीकृति २० जनालाई

रोजगारीका लागि मलेसिया जान करिब १० हजारले कलिङ भिसा प्राप्त गरे पनि वैदेशिक रोजगार विभागले २० जनालाई मात्र श्रम स्वीकृति दिएको छ।

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन्। संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औं राजा भएको अधिकारीहरूले जनाएका छन्।

कामदार पठाउने संयन्त्र पुरानै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती संस्थाले नै काम गर्ने जवाफ फर्काएको छ।

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

मलेसिया रोजगारी तत्काल सुरु गर : व्यवसायी

मलेसियासँग श्रम समझदारी (एमओयू) भएको साढे दुई महिना बित्दासमेत कामदार पठाउने प्रक्रिया सुरु नभएपछि व्यवसायीले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गुहारेका छन्।

मलेसियामा यही महिना नयाँ राजा

मलेसियाका बहालवाला राजा सुल्तान मुहम्मद पाँचौंले अप्रत्याशित रूपमा पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। चयनसँगै नयाँ राजाको पदबहाली समारोह पनि यही महिना मै गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबार बताएका छन्।

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेडिकललाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।  कामदारसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल, भिएलएन/ओएससी तथा आइएससीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो।

चालिस देशका युवालाई उद्यमशीलता तालिम

मलेसियाको क्वालालम्पुरमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्पले ४० देशका युवालाई उद्यमशीलता तालिम दिएको छ। १७ देखि २० डिसेम्बरसम्म आयोजित ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिएको छ।

भेन्डर परिवर्तन गर्ने मलेसियाको संकेत

मलेसियाले आफ्नो देशमा कामदार आपूर्ति प्रक्रियामा संलग्न विद्यमान भेन्डर (एफडब्लूसीएमएस) लाई फेरबदल गर्ने प्रष्ट संकेत दिएको छ। नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया सुचारु हुन नसक्नुको मुख्य कारण नेपाली पक्षले विद्यमान भेन्डर फेर्न खोजेको आशंका गरिरहेका बेला मलेसियाली पक्षले नै कामदार भर्ना प्रक्रियामा संलग्न रहेको एफडब्लूसीएमएसलाई विस्थापित गर्ने योजना अघि सारेको छ।

मलेसियामा दुबै मृगौला फेल भएका राजकुमारलाई जुट्न थाल्यो आर्थिक सहयोग

रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।

मलेसिया गएका राजकुमारकाे मृगौला फेल, जीवन र सम्पत्ति दुबै सकिँदै

अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन। दिन बिराएर राजकुमार डायलासिस गर्छन र एक पल्ट डायलासिस गर्दा औषधि लगायतका नाममा करिब २५ सय तिर्छन। वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ। बाच्ने आशमा बसेका राजकुमार अहिले हप्तामा ३ पल्ट डायलासिस गर्छन तर यति गरिसक्दै उनको घरखेत सबै सक्किसक्यो। राजकुमार आफूलाई संसार देखाउने आमालाई खुसी राख्ने सपना देख्दै विदेशिएका थिए।

खुला गरौं : सरकार, तत्काल होइन : समिति

विदेशको घरेलु काममा नेपाली महिला पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबीच विवाद भएको छ।

मलेसियामा राेजगारी नखोल्दा अर्बौं गुम्दै

नेपाली युवाको पहिलो गन्तव्य मलेसिया रोजगारी नखोल्दा नेपाल भित्रिने अर्बौं रेमिट्यान्स गुमिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउने संस्थाले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारी बन्द गरेको छ।

ठगी आरोपितलाई अदालतबाट सफाइ

सिन्डिकेट खडा गरी मलेसिया जाने कामदार ठगी गरेको आरोपमा मलेसिया–भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाइ दिएको छ।

पाेल पाेलमा प्रधानमन्त्री र मेरा पाेष्टर श्रमिकले टाँगेका हुन्ः श्रम मन्त्री विष्ट (भिडियाे)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा याेजनाकाे घाेषणा कार्यक्रममा राजधानीका पाेल पाेलमा  टासिएका पाेष्टर सरकारी खर्चमा नगरिएकाे दाबी गरेका छन।बुधबार नागरिक नेटवर्कको प्रत्यक्ष संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै उनले अाम श्रमिकले बनाएर पाेलहरूमा टाँसेकाे दाबी उनले गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्