८ पुस २०८१ सोमबार
image/svg+xml

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

भूकम्पपीडितलाई निःशुल्क स्वास्थ्यसेवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने निर्णय गरेको हो ।

भूकम्पपीडित कोष गाडी र कर्मचारी तलबभत्तामा खर्च

समाज कल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने भएको छ ।

टहरामै चिसो खेप्दै भूकम्पपीडित

पुसको कठ्याङग्रिँदो चिसो । रातभर परेको शीतले टहरा बिहानको १० बज्दासम्म ओभाइसकेका छैनन् । त्यही टहरालाई न्यानो बनाई किशोर महर्जनको चार जनाको परिवार बस्छ । एक वृद्ध आमा र काखे बच्चासहित चार जनाको परिवारलाई चिसो छल्न निकै कठिन परेको महर्जन बताउँछन् । ‘दिनमा त घाम लागिहाल्छ तर बिहानीपखको सिरोटो खप्न निकै गाह्रो परेको छ,’ उनले भने ।

गुनासो लिएर गाउँगाउँका भूकम्पपीडित सदरमुकाममा

भूकम्पको २० महिनासम्म सरकारले घर बनाउने अनुदानको ५० हजार रुपैयाँ नदिएपछि सिम्जुङ– ९ की पूर्णमाया घले बिहीबार आन्दोलनमा सहभागी हुन सदरमुकाम आइन् ।

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ ।

भूकम्पपीडितलाई सकस : पालबाट पानी, जस्ताबाट शीत

केही दिनयता वर्षासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । गतिलो छानो तथा न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकससाथ रात कटाइरहेका छन् ।

भूकम्पपीडितलाई तीन लाख नदिन दाताको दबाब

भूकम्पपीडितलाई घर बनाउन सरकारले दिने भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न दातृनिकायले चर्को दबाब दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो।

अलमलमा भूकम्पपीडित

मापदण्डअनुसारका घर तयार गरिसकेका र गर्न सुरु गरेका पीडितलाई राज्यले छिटोभन्दा छिटो अनुदान रकम दिँदा नयाँ घर बन्ने क्रम स्वतः बढ्छ। अनिमात्र पुनर्निर्माणले अभियानको रूप लिनसक्छ।

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् ।

भूकम्पपीडित साेध्छन्– 'कहिलेसम्म शीतकाे सिरानी ?'

मध्याह्न १२ बज्न खोज्दै थियो । अग्लो डाँडो छिचोल्दै बुधबारको सूर्यको किरण जस्ताको टहरोमा ठोक्किएपछि स्याउले–९, धाउखानीकी ६३ वर्षीया रत्नकुमारी नेपाली बल्ल बाहिर निस्किन्, घाममा शरीर तताउन । बुढ्यौली शरीर घिसार्दै टुसुक्क भुइँमा मात्र के बसेकी थिइन्, प्राण जाला झैं गरी खोक्न थालिन् । दमकी रोगी रहिछन् । त्यहींमाथि नाम मात्रको अस्थायी टहरोको बसाइँले रोगले थप च्याप्दै लगेको छ । त्यसैले झन्–झन् शिथिल बन्दैछिन् उनी ।

धुर्मुस सुन्तलीले भूकम्पपीडितलाई घर बनाउँदा आङ्काजीको टाउको दुक्ख्यो

हाँस्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि घर निर्माण गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले आपत्ति जनाएका छन्।

भूकम्पपीडितप्रति सरकार तमासे बन्याेः वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपीडित परिवारलाई पुनस्र्थापना गर्ने मामिलामा सरकार तमासे बनिरहेको आरोप लगाएका छन् ।

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् ।

९० हजार भूकम्पपीडितलाई अनुदान स्वीकृति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न स्वीकृति दिएको छ। प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका एक लाख १५ हजार ६ सय ७१ लाभग्राहीमध्ये पहिलो चरणमा ९० हजार ८ सय ८८ घर–परिवारलाई अनुदान वितरणको स्वीकृति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्