२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धुर्मुस सुन्तलीले भूकम्पपीडितलाई घर बनाउँदा आङ्काजीको टाउको दुक्ख्यो

काठमाडौं— हाँस्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि घर निर्माण गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले आपत्ति जनाएका छन्।

उनले ती घरहरुमा भैँसी बाख्रा पाल्न नमिल्ने भन्दै फेसबुकमार्फत् विरोध गरेका हुन्। उनले घर निर्माण क्रममा अनियमितता भएको पनि शंका गरेका छन्। 'विदेशी अनुदान ६ करोड लिएर एउटा घर ९ लाख पर्ने', उनले भनेका छन्।

फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचउरमा भूकम्पपीडितका लागि ६६ घर एक सामुदायिक भवन निर्माण गरेको थियो। सो बस्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थिति जनाएकी थिइन्। जनजाति एक्टिभिस्ट शेर्पाले सो भूकम्पपीडितलाई घर बनाइदिने कार्यको मिडियामा धेरै कभरेज भएको तर ४५ करोड खर्च गरेर बौद्धनाथको पुनःनिर्माण गर्दा कतै समाचार नआएको भन्दै आक्रोस पोखेका छन्।

प्रकाशित: १६ कार्तिक २०७३ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App