उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो
काठमाडौं– गैरन्यायीक रुपमा १९ वर्षअघि हत्या गरिएका उज्जन श्रेष्ठको परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ। कुनै राजनीतिक संलग्नता नरहेको व्यक्तिलाई शसस्त्र द्वन्द्वको नाममा हत्या गरिए पनि न्याय नदिने काम हालसम्म जारी रहेको पीडित परिवारको गुनासो रहेको छ।