११ माघ २०८१ शुक्रबार
image/svg+xml

अल्पमत सरकारको हैसियत

संविधान सभाले नेपालको संविधान २०७२ जारी गरिसकेपछि संविधानको धारा २९८ बमोजिम गठन भएको हालको केपी ओली सरकारविरुद्ध व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित भएपछि हट्ने वर्तमान सरकारको सट्टा नयाँ सरकार गठन गर्ने कुनै व्यवस्था संविधानमा नभएको हुँदा अर्को निर्वाचन नहुँदासम्म बर्तमान ओली सरकार नै कार्यबाहक मन्त्रिमण्डलका रूपमा सरकारमा रहिरहने तर्क एक कोणबाट प्रस्तुत हुँदै आएको छ।

सरकार छाड्दै साना दल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सफल हुने संकेत पाएसँगै सत्तासाझेदार साना दल सरकार छाड्न हतारिएका छन्।

सरकारी आवासमा बसेर निजी क्लिनिक सञ्चालन

जनकपुर-जनकपुर अञ्चल अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादव यहाँबाट ओखलढुंगा सरुवा भएको दुई महिनाभन्दा बढी समय बितिसक्यो। उनले जनकपुर अञ्चल अस्पतालमा त्यसबेला लिएको सुविधासम्पन्न आवास भने अझै खाली गरेका छैनन्।

फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं–सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलायो

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको सथर्मन फिर्ता लिएको छ। शनिबार बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता विक्रम पाण्डेले जानकारी दिए।

ओलीले सरकार छाड्न उक्साए : दाहाल

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाहा प्रवृत्तिका कारण बाध्य भएर अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्। नौ महिनाअघि दाहालकै प्रस्तावमा प्रधानमन्त्री भएका ओलीविरुद्ध शुक्रबार व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गर्दै दाहालले उक्त खुलासा गरेका हुन्।

केसीका मागमा सरकार झन् कठोर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाभियोग र संसद्मा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्तालगायत माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रबारको वार्ता पनि निष्कर्ष भएको छ।

बजेट अाश्रित विधेयकहरू पारित हुन सकेनन्, सरकार अल्पमतमा

काठमाडौं— आर्थिक वर्ष २०७३/०७४ बजेट संसदबाट अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्।

आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न सकेन: महत

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रकासशरण महतले आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन्।

सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धकोे षड्यन्त्र – प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताए।

सरकार नै ऊर्जा संकट लम्ब्याउँदै

भारतबाट बिजुली किनेर ऊर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थ मन्त्रालयले उल्टो निर्णय गरेको छ। मन्त्रालयले किनेको बिजुलीमा हुने घाटा रकम नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय गरेपछि समस्या देखिएको हो।

डा. केसीका मागबारे सरकारसँग वार्ता सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखेर १२ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार परिवर्तनः संचारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले सरकार बिघटन गर्न खोजिएको आरोप लगाएका छन्। रफत सञ्चार क्लबकले बिहीबार भक्तपुरमा गरेको साक्षत्कारमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले सरकार बिघटन गरेको आरोप लगाए।

सरकारमा जानु आत्महत्या गर्नु होः यादव

काठमाडौं—वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ।

‘डा.केसीको जीवन रक्षाबारे सरकारले के गरिरहेको छ?’

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई राष्ट्रपति भवन शीतल निवास बोलाएर उनले डा.केसीको अवस्थाबारे पछिल्लो अपडेट लिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्