११ माघ २०८१ शुक्रबार
image/svg+xml

सरकारले बाँड्यो एकै दिन करोड

केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत पार्टीनजिकका व्यक्तिलाई आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन १ करोड ३० लाख ५० हजार रुपैयाँ बाँडेको छ।

अागामी सरकारकाे काँधमा जिम्मेवारीको थुप्रोः खिलराज रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वाेपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन्।

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन्।

'लेनदेनमा प्रस्ट भए' मोर्चा सरकारमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबन्धन दल प्रस्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ। शुक्रबार बसेको मोर्चा बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न पहिले कांग्रेस–माओवादी प्रस्ट हुनुपर्ने सर्त अघि सारेको हो।

दाहालले खाेले सरकार फेर्नुकाे रहस्य !

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको तयारी गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको रहस्य खोलेका छन्। शनिबार कांग्रेस–माओवादी–मधेसी मोर्चाको संयुक्त बैठकमा दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको रहस्य खोलेका हुन्।

सहमतीय सरकारको ढोका काँग्रेसले बन्द गरेको हाे– मन्त्री राई

विराटनगर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने बताए। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत रहेका उनले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुँदैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट पारे।

हाम्रो माग पूरा हुने भए सरकारमा जान्छौंः अध्यक्ष महतो

काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने बताएका छन्। ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन,’ उनले भने, ‘यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेबारे कुरा राख्छौं।’

संघीय गठबन्धन सरकारमा जान लचिलो

नयाँ संविधानप्रति बिमति जनाउँदै लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनको सरकारमा जानसक्ने संकेत गरेको छ।

ठोस प्रस्ताव नआएसम्म सरकारमा सहभागी नहुने गठबन्धनको निर्णय

आन्दोलनरत संघीय गठबन्धनले सरकारमा सहभागी हुने नहुने निर्णय तत्काल नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघीय गठबन्धनको बैठकले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समय कामयै रहेको भन्दै तत्काल सरकारमा सहभागी हुने नहुनेविषयमा कुनै निर्णय नगरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

नयाँ सरकार पनि जम्बो बन्ने

नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने नयाँ सरकारको आकार पनि जम्बो हुने भएको छ। पार्टीभित्रबाट मन्त्रिपरिषद्को आकार सानो बनाउन नेतृत्वलाई दबाब परे पनि गठबन्धनका अन्य दलका साथै पार्टीभित्रैको गुट व्यवस्थापन गर्नुपर्दा नयाँ सरकारको पनि आकार बढ्ने भएको हो।

सरकारको गृहकार्य गर्दै कांग्रेस-माओवादी

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीबाट सहभागिताको विषयमा आन्तरिक गृहकार्य सुरु गरेको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरे पनि कांग्रेस र माओवादी बहुमतीय सरकारको गृहकार्यमा जुटेका हुन्।

गरुडाका सरकारी कार्यालय दोस्रो–तेस्रो दर्जाका कर्मचारीको भरमा

रौतहट– रौतहटको गरुडा नगरपालिकाभित्रका अधिकांश सरकारी कार्यालयहरु दोस्रो र तेस्रो दर्जाका कर्मचारीको मातहतमा सञ्चालन भएको पाइएको छ। गृह, स्थानीय विकास, शिक्षा तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुमा दोस्रो र तेस्रो दर्जाका कर्मचराीलाई प्रमुखका रुपमा खटाइएको पाइएको हो।

नेमकिपा सरकारमा जाँदैनः विजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब गठन हुने नयाँ सरकारमा पनि नेमकिपा सहभागी नहुने बताएका छन्। रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेमकिपा प्रतिपक्षमै बसेर सरकारको कामको समर्थन या विरोध गर्ने बताए।

सरकारले मिति देओस्, चुनाव गर्न तयार छौंः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले मिति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको बताएका छन। ‘सरकारले हामीलाई तिथिमितिसहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं,’ उनले भने, ‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आतुर, जनताको लोकतन्त्रलाई बलियो बनाउने साधन नै निर्वाचन हो।’

गच्छदारलाई सरकारमा रोक्न उपेन्द्र सक्रिय

नेपाली कांग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धन सरकारमा जानबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई रोक्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएका छन् । फोरम लोकतान्त्रिकलाई रोक्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मुख्य घटकका अध्यक्ष यादव लागेपछि त्यसको छिनोफानो गर्न बैठकसमेत बोलाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्