६ आश्विन २०८१ आइतबार
image/svg+xml

रानीपोखरी पुनर्निर्माणमा फेरी बाेलपत्र

काठमाडाैं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि रि–टेन्डर आह्वान गर्ने भएको छ । महानगरले यसअघिका सम्झौता खारेज गर्दै नयाँ सम्झौताको लागि तयारी गरिरहेको हो।

रानीपोखरी पुनःनिर्माण : साढे दुई करोड व्यर्थ

रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ।  विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए।

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माणको काम शुरु हुने

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ।

नयाँ सडकको आगो, रानीपोखरीको पानी!

राजधानीका कुनै मन्दिर, सत्तल, पाटी, घाटमा जानुस्, त्यहाँको अव्यवस्थाले मन नराम्ररी कुँडिन्छ । एक वर्ष होइन, दुई वर्ष, तीन वर्ष र अब चार वर्ष हुन लागेको छ तर ‘ओह्रको सिन्को पर’ पर सर्दैन। ०७२मा गएको भुइँँचालोको वार्षिकी वैशाख १२ गते फेरि संघारमै आइसकेको छ।

रानीपोखरीमा कमिसनको रडाको

सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रूपमा उठाइने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाइएको छ।

रानीपोखरीको टेण्डरमा मिलेमतो !

काठमाडौंको रानीपोखरी पुनर्निर्माण विवाद ताजा घटना हो । पुनर्निमाणका लागि काठमाडौंका मेयर र उपमेयरकै जुँगाको लडाइँमा फसेको रानीपोखरी कस्तो स्वरुपमा बन्ने अझै टुंगो छैन । रानीपोखरीलाई लिएर आम जनमानससमेत धु्रविकृत भइरहेका बेला यसैको निर्माण टेण्डरमा मिलेमतो भएको तथ्य खुलेको छ । तर यो तथ्य वास्तविक भने होइन । भक्तपुरमा तीनदिन प्रदर्शन भएको ‘रानीपोखरीको टेण्डर’ शीर्षकको नाटकमा यो तथ्य देखाइएको हो ।

रानीपोखरीमा तीन करोड डुब्ने डर

रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ।

रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न आदेश

सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो।

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समुहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाण्डौं महानगरपालीका प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ।

रानीपोखरी पुननिर्माणमा मेयर, उपमेयरको ‘स्टन्ट’

काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा कंक्रिटको प्रयोग गरेपछि चौतर्फि विरोध आयो।

जीर्ण छ भक्तपुरको रानीपोखरी

पोखरीभरि सङ्लो पानी, किनारामा आराम कुर्सी र छेउछाउमा ढुंगे मूर्तिहरू । कुनै बेला यस्तै थियो, भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको दृश्य । अहिले भने यो पोखरीको दृश्य फेरिएको छ।

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

२०७२ वैशाख १२ को भूकम्पले थुप्रै जनधनको क्षति भयो । धेरै सम्पदाहरुमा क्षति पुग्यो । अहिले ती सम्पदाहरु पुनः निर्माणको क्रममा रहेका छन् । तीनै सम्पदाहरुमध्ये एक हो–रानीपोखरी । झण्डै ३ सय ५० वर्ष अघि राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी पुनः निर्माणको बहस चुलिएको छ । पुरातात्विक महत्वको रानीपोखरीलाई काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरी पुनः निर्माण गर्न थालेपछि उक्त कदमको व्यापक विरोध भएको छ ।

रानीपोखरीको निर्माण कार्य स्थगित, मल्लकालिन शैली मै निर्माण गरिने

लामो समयदेखि विवादित रानी पोखरी निर्माण कार्य तत्कालका लागि स्थगित भएको छ । काठमाडौँ महानागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको उपस्थितिमा काठमाडौं महानगरपालिकामा विहीबार बसेको बैठकले निर्माण कार्य तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो।

रानीपोखरी विवाद: गेटमा ताला लगाउने उपमेयर, तोड्ने मेयर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ।

रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्छ

ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्