२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जीप दुर्घटनामा एकको मृत्यु

स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्ने ४० वर्षिया विष्णु विकको घट्ना स्थलमै मृत्यु भएको छ।

जोत्ने क्रममा एकको मृत्यु

हाते ट्रयाक्टरले जोत्ने क्रममा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका–५ गेजाका कुलबहादुर सारुले आफ्नै बारी जोत्ने क्रममा खुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ढिस्कोले पुरिएर सासु, बुहारीको मृत्यु

संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।

मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११, नवलपुरमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४५ प ३८२६ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

आगलागीबाट एकको मृत्यु

काठमाडौं महागरपालिका १२, लगनमा शनिबार (आज) बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ।

जिप दुर्घटनामा चारको मृत्यु

बिपी राजमार्गस्थित भद्रकालीको सेल्फीडाँडानजिकै जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट नाकाझोली जा“दै गरेको बा११च २२७५ नम्बरको बोलेरो जिप भद्रकालीस्थित साउनेपानीमा सडकबाट करिब ५० मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिका–४, कुवाकोटमा स्काइभेटर  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बित्थडबाट कुवाकोट जादै गरेको स्काइभेटर शुक्रबार ३ बजे दुर्घटना हुँदा भिमदत्त नगरपालिका, कन्चनपुरका ३८ वर्षीय चालक  दानबहादुर रावतको मृत्यु भएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर क्षेत्रीले बताए।

भीरबाट लडेर बैंक सुरक्षा गार्डको मृत्यु

खोटाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सुरक्षा गार्डको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएका बेलामा भीरबाट लडेर सुरक्षा गार्डका रुपमा कार्यरत रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको मृत्यु भएको हो ।

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्