२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यालयमा गोली चल्दा १७ को मृत्यु

अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको विद्यालयमा एक युवकले अन्धाधुन्ध रूपमा गोली चलाँउदा १७ जनाको मृत्यु भएको छ।

कारको ठक्करबाट वृद्धको मृत्यु

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कोशी राजमार्ग अन्तर्गत सुनसरी दुहवीमा मंगलबार विहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

पानी बोकेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु

रसुवाबाट पानी लिनका लागि नुवाकोट जान लागेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु भएको छ।

घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो।

मन्दिरमा सन्यासीबीच झडप, एकको मृत्यु

कञ्चनपुरमा दुई सन्यासी (जोगी)बीच झडप हुँदा एकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ४ स्थित गुलरियाको प्रसिद्ध वनदेवी मन्दिरमा शुक्रबार साँझ आपसी विवादमा एकले अर्को सन्यासीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

छुटाछुटै घटनामा महोत्तरीमा तीनको मृत्यु

छुटाछुटै घटनामा महोत्तरीमा शनिबार तीनको जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर स्थित चिनी मिलमा उखु लिएर आएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक सर्लाही चन्द्र नगर २ बस्ने २५ वर्षका पुनित महतोको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु

सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षमा १५ को मृत्यु

भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए । बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण उनको शरीर जेब्राक्रसिङबाट पूर्वतिर दुई सय मिटर टाढा हुत्तिएको थियो।

जिपको ठक्करबाट युवतीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्