२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा घाइते भएका राईको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका धिरज राईको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ का उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

मिनीट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई आज बिहान ५ बजे  ठक्कर दिँदा उनको मृत्यु भएको हो।

ताइवानमा ६.४ रेक्टरको भूकम्प,२ को मृत्यु

ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले खोलामा मंगलवार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पहिरोमा परी दुईजनाको मृत्यु

मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ।

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

आइतबार देशभर भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनेपा नगरपालिका–१ स्थित सडकमा बा ३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

धादिङमा माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु, ७ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  घटनामा ७ जना घाइते भएका छन्।

ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

धनुषामा शनिबार राति भएको ट्रिपर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

संगीतमा ईश्वरीय शक्ति हुन्छ । संगीत दिलबाट बजाउनु वा गाउनु भयो भने मुर्दा पनि ब्युँतन्छ भन्ने भनाइ छ । शास्त्रीय संगीतका प्रख्यात गायक तथा वादक तानसेनले गाउँदा झरी पथ्र्यो र दियो बल्थ्यो भन्ने भनाइ छ ।

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

बलवा नगरपालिका ७ बनौटामा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। बनौटाबाट टिकुलियातर्फ जादैं गरेको ज१त ८४३७ नम्वरको ट्याक्टरको ठक्करबाट बलवा नगरापालिका ७ घर भएका १४ वर्षीय रन्जित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

दाङवाट सिमेन्ट बोकेर रुकुम (पुश्चिम) आउँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ सम्दी मोडमा टिप्पर खस्दा चाकल बाँके कोहलपुर नगरपालिका वडा नं. १० का २८ बर्षिय सुरज बोहरा र सहचालक डोटीका अन्दाजी २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लिबियामा डुङ्गा दुर्घटना, ९० जनाको मृत्यु

लिबियामा डुङ्गा दुर्घटना हुदा कम्तीमा ९० जनाको ज्यान गएको छ। दुर्घटनामा बाच्न सफल ३ यात्रुका अनुसार डुबेर ज्यान जानेमा धेरैजसो पाकिस्तानी नागरिक रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्