२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजापाको प्रश्न : संविधान संशोधन कहिले ?

राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशमानको गुनासोः पार्टीलाई सुधार्न खोज्दा नेतृत्वकाे विरोध गरेको आरोप लाग्छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

गणतन्त्रको खोजीमा १२ वर्ष

आज पनि गणतन्त्रप्रति नागरिक आस्था कमजोर भएको छैन। तर, गणतन्त्र कुनै एक राजाको सट्टा अरू कसैलाई महाराज वा महारानी बनाइदिन ल्याइएछ भन्ने अनुभूतिचाहिँ बढ्न थालेको छ।

७ सय १३ संविधानसभा सदस्यले लिए ‘संविधानसभा पदक’

पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा थिइन। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन्। बिहान र दिउँसो गरेर दुई चरणमा राष्ट्रपतिले पदक प्रदान गरेकी हुन्।

गणतन्त्रको गन्तव्य

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको पहिलो दशक पूरा भएको छ। एक दशकको गणतन्त्र अभ्यास अपेक्षाकृत उत्साहप्रद् भने हुन सकेको छैन। गणतान्त्रिक मुलुकका नागरिकले राजतन्त्रात्मक मुलुकमा भन्दा उम्दा स्वतन्त्रता उपभोग गर्न पाउँछन् भन्ने आमविश्वास छ।

गणतन्त्र घोषणाका प्रयत्नहरू स्मरण गर्दा (भिडियो)

झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्ने र गणतन्त्र घोषणा गर्ने कुरा धेरै मान्छेका लागि असम्भव परिकल्पना हुने गर्दथ्यो भने कम्युनिस्टहरूका निम्ति यो अनिवार्य कर्तव्यभित्रै पर्दथ्यो। त्यसैले कम्युनिस्ट पार्टी स्थापना भएका दिनदेखि नै राजतन्त्र अन्त्यको कार्यसूची बन्दै तदनुकूलका कार्यक्रम बनाउँदै अघि बढिएको हो।

राजसंस्थासहितको लोकतन्त्र उपयुक्त(भिडियो)

राजादेखि विप्लव माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास अहिलेको आवश्यकता हो र देशले भोग्नुपरेको संकटको समाधान हो।

अख्तियार किन उदासीन ?

अनुचित कार्य सम्बन्धमा अख्तियारको ऐनमा प्रावधान भए/रहे तापनि संवैधानिक प्रावधानको अभावमा ऐनमा भएको प्रावधान निष्क्रिय हुन पुग्योे, कार्यान्वयनमा जान नै नसक्ने भयो भन्ने तर्कमा कुनै कानुनी आधार पाइँदैन।

‘कुरा धेरै काम कम भो’

‘संविधानमा दलितका लागि थरिथरिका अधिकार लेख्यौं तर ती अधिकार कागजमा मात्र सीमित भइरहेको छ, व्यवहारमा लागू हुन सकेकै छैन,

सरकारले विप्लवका प्रवक्तासहित तीन नेतालाई विभूषित गर्दै

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।

'संघियताविरुद्ध सरकार'

कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन्। पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्र्तगत आइतबार काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधि संघीयता र संविधानविपरीत रहेको दाबी गरेका हुन्।

विज्ञ भन्छन् : नेपालका लागि सकारात्मक

भारतमा भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा उल्लेख्य मत पाएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने निश्चित भएको छ। पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायतका विषयमा अनावश्यक चासो राखेको भन्दै आलोचित मोदीको पुनरोदयले आगामी दिनमा नेपालमा कस्तो प्रभाव पर्ला भन्ने चासो हुनु स्वाभाविकै हो। भूकम्पको पीडाबीच मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएको नेपालीले बिर्सिएका छैनन्।

दलितको‘बालीघरे’राजनीति

अब दलित आन्दोलन भ्रातृ संघ/संगठन र भिखारी प्रवृत्तिको नभई स्वतन्त्र, स्वावलम्बी र निर्णायक हुन जरुरी छ।बालीघरे दलितका रोदनयुक्त आन्दोलनको अब अर्थ छैन।

उपराष्ट्रपति र सेनालाई नारायणहिटी संग्रहालयका गाडी, मर्मतमै तीन करोड खर्च

संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणात ग¥यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमलसहित राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडी भने त्यहाँ छैनन्।। पुराना गाडीहरू भने उचित संरक्षण गरेर संग्रहालयमै राख्नुपर्ने ऐतिहासिक महŒव बोकेका सवारीसाधन सरकारी निर्णयबाटै उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सो सरकारी कदमको संस्कृतिविद्हरूले आलोचना गरेका छन्। पाँच वर्षअघि मात्रै राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी नेपाल प्रहरीलाई दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्