१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।

'लोकतन्त्रका लागि अनिष्ट '

नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ।

बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

लोकतन्त्रवादी पाटीहरू मिलेर जानुपर्छ : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताए छन् । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।

लोकतन्त्रका लागि अशुभ संकेत

नेपाली प्रेसले दलीय पद्धतिका निम्ति अथाह दुःख भोगेको विगत छ । त्यो दुःख आफैँ दलमा परिणत हुन वा दलवादको बन्दी हुन थिएन । स्वतन्त्रताको उच्चतम मूल्यको प्रयोगका लागि थियो।

बोन्साइ लोकतन्त्रको खतरा

हालैका दिनमा मुलुकको अस्तब्यस्त अवस्थाका कारण जनआन्दोलन २०६२/६३ का उपलब्धि गुम्न सक्ने खतरा बढेको छ। मुलुकमा लोकतन्त्र स्थापनामार्फत् समृद्धिको दिशामा अघि बढ्ने अपेक्षाविपरीत जतासुकै अविकासका लक्षणमात्र देखिन थालेका छन्।

लोकतन्त्रको चीरहरण

निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने देखिएपछि पुनः निर्वाचन गराउने रणनीतिअनुरूप भरतपुर हानगरपालिकामा सत्तारूढ माओवादी केन्द्रका कार्यकर्ताले जेजसरी मतपत्र च्यात्ने काम गरे, निर्वाचन आयोगले समेत त्यसैलाई सदर गरिदिएपछि आयोगको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । सत्तारूढ दलकै तर्फबाट मतपत्र च्याती पुनः मतदानमार्फत निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीति आफैंमा लोकतान्त्रिक शासन व्यवस्थाको मूल्यमान्यतामाथि ठाडो हस्तक्षेप त थियो नै त्यसमाथि निर्वाचन आयोगबाटै त्यस किसिमको रणनीतिलाई सहयोग पुग्ने गरी निर्णय आउनु निष्पक्ष निर्वाचन र लोकतन्त्रको धज्जी उडाउनु हो ।  भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पक

मतपत्र च्यात्ने लोकतन्त्र

निर्वाचन हार्ने भएपछि मतपत्र च्यात्ने प्रवृत्ति विजयी भयो भने भविष्यमा यो निरन्तर दोहोरिनेछ। लोकतन्त्र समाप्त पार्ने यो खतरनाक खेल यहीं रोकिनुपर्छ। अन्यथा, निष्पक्ष निर्वाचन हाम्रा निम्ति आकाशको फल सावित हुनेछ।

लय पक्रँदै लोकतन्त्र

करिब २० वर्षपछि सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार प्रदेश ३, ४ र ६ का सर्वसाधारणले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनको मुखमा एकाध घटना भए पनि तुलनात्मक रुपमा यो शान्तिपूर्ण रहेको छ । झन् मौन अवधिलाई निर्वाचनमा सहभागी दलले मात्र होइन, सञ्चार माध्यमले समेत सानदार रुपमा पालना गरेका छन् ।

लोकतन्त्रमाथि मडारिएको बादल

कांग्रेस–माओवादीको साँठगाँठबाट न्यायपालिका सिध्याउन आएको यस प्रस्तावको चौतर्फी विरोध भयो। नागरिक फेरि सडकमा उत्रिए। यसबाट न्यायालयले आफ्नो साख जोगाउन आत्मबल बढ्यो भन्ने लाग्छ। संसद्मा कार्कीविरुद्ध दर्ता भएको महाभियोग अघि नबढाउन भएको अन्तरिम आदेशबाट राष्ट्रले 'राहत' महसुस गरेको छ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लोकतन्त्रकै उपहासः साझा पार्टी

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको निष्कर्ष साझा पार्टीले निकालेको छ।

थारू समुदायमा लोकतन्त्रको चमक

दशकौअघिसम्म थारू समुदाय बाह्रैमास जग्गा जोतभोगमै सक्रिय रहन्थ्यो । त्यतिबेला ‘खेतबारी’ नै त्यो समुदायको बाँच्ने आधार थियो । थारू अध्येताका अनुसार त्यो बेला पढे ‘भुत लाग्ने वा अशुभ हुन्छ’ भन्ने मान्यता थियो । यसर्थ यो समुदायले ‘जमिन जोताहा’ किसानको उपमा पाएको थियो, जुन अहिले पनि जोडिएकै छ ।

रोल्पालीलाई लोकतन्त्रको मलम

२०३८ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारका भूमिसुधार मन्त्री रोल्पाका रेगबहादुर सुवेदी अहिले सक्रिय राजनीतिबाट पाखा लागिसकेका छन् । लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय रहे पनि उनी अहिलेको ‘धुमिल’ राजनीतिदेखि दिक्क छन् । ‘ढुंगामुढा गर्ने मान्छे किन्न र नेताको चाकडी चाप्लुसी गर्न नजान्दा राजनीतिबाट पाखा लागेँ,’ उनले हाँस्दै भने ।

लोकतन्त्रले दिलाएको दलित अधिकार

सात दशकदेखि आन्दोलनरत दलित समुदायले लोकतान्त्रिक प्रक्रियासँगै आफ्नो अधिकार प्राप्त गर्दै गएको अनुभूति गरेका छन् । तर, अझैपनि कपितय अधिकार पुरा हुन बाँकी नै छन्  ।

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्