१० मंसिर २०८१ सोमबार
image/svg+xml

यसरी मनाइयो काग तिहार

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइएको छ।

तिहारका शास्त्रीय तर्क

यमुनाले हरेक वर्ष यी पाँच दिन दाजु आफ्नो घरमा रहनुपर्ने, आफ्नै हातले बनाएको भोजन ग्रहण गर्नुपर्ने लगायत वर मागिन्। दाजु यमराजले पनि तथास्तु भनी वरदान दिई बहिनीको घरबाट फर्किएको पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन थालिएको हो।

हाम्रो तिहार राम्रो तिहार

हामी नेपालीको रमाइलो चाड तिहार आयो। रमाइलो बोकेर आयो। तिहारलाई यमपञ्चक पनि भनिन्छ नि। तिहार पाँच दिन मानिन्छ। पूरै पाँच दिन नै पूजा गरिन्छ।

जुवाको कर उठाएर...

जसले जुवाको दाउ हानेर जित्छ, उसले जितेको रकमबाट एउटा निश्चित अघोषित ‘कर’ उठाउने हामी तमासेको ‘ड्युटी’ हुन्थ्यो।

रोमाञ्चक तिहार

कतिपयले आफ्नो पूरै घर झिलिमिली बत्तीले सजाउँछन्। घरभित्र धुलोका कण समेत नरहने गरी सरसफाइ गरिन्छ। सबैको घर त उज्यालो हुन्छ नै, मान्छेहरूको मुहार पनि खुसीले धपक्क बलेको देखिन्छ। तिहारको धार्मिक महत्व पनि धेरै ठूलो छ।

'कलेजाेकाे तुलना उपहारसँग हुन सक्दैन'

बलराम नागालाई दिदी सानुमैयाले कलेजो दिएर बचाइन्। वैशाख १२ को भूकम्पमा शान्ति माटोले पुरिइन्। भाइ प्रज्वल, काका र गाउँलेको सहयोगमा उनले नयाँ जीवन पाइन्। यी दुवै दिदीभाइ भाइटीका मनाउन उत्साहित छन्।

तिहार विशेष : पशुपक्षीलाई एक दिनको पूजा र माला !

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) सुरु भएको छ। तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ।

तिहारकाे अर्थशास्त्र

आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे लक्ष्मीपूजाको तयारीमा व्यस्त छन्। तिहारमा व्यवसायीका लागि धनकी देवी लक्ष्मीको पूजा विशेष महत्वको हुने भएकाले पाण्डेले आफ्ना सबै पसल सजाउन थालेका छन्। ‘सबै आउटलेटमा बिजुली बत्तीले झकिझकाउ बनाउँदैछौं,’ पाण्डेले भने, ‘लक्ष्मी पूजाको दिन सबैतिर पूजा गरिन्छ।’

कलाकारको तिहार

तिहार नजिकिँदै छ। कतिपय कलाकार तिहारमा सांगितिक कार्यक्रम गर्नका लागि देश बाहिर जाँदै छन् त कतिपय आफ्नै देशमा परिवारसँग तिहार मनाउने योजनामा छन्। झिलिमिली बत्तीसँगै देउसी भैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांश कलाकारले तिहार बढी मन पर्ने बताउँछन्।

तिहारमा व्यापार बढ्यो

भाइटीका आउन अब ६ दिनमात्रै बाँकी छ। भाइटीकाको दिन नजिकिएसँगै तिहारका लागि आवश्यक सामान किनमेल गर्नेको भीड लाग्न थालेको छ।

टहरामै तिहार

२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले भूकम्पले भत्केका घर उनीहरूले चाहेर पनि पुनःनिर्माण गर्न सकिरहेका छैनन्।

दैनिक ३ सय टन चिनियाँ स्याउको आयात

फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्षित गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनको दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।

तिहारको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले तिहारको भोलिपल्ट अर्थात कात्तिक १३ गतेका लागि सार्वजनिक विदा दिएको छ।

तिहारमा थरीथरीका गीत

गायक सन्तोष केसीले ‘देउसी रे’ बोलको गीत सार्वजनिक गरेका छन्। चर्चा कमाउन विकृतिलाई जोड दिएका गीतहरुले समाजमा असर गर्ने हुँदा कलाकारहरु जिम्मेवार हुनुपर्ने तर्क उनले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्