२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भूकम्पपीडित अझै सामुदायिक वनमै

८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित वन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले छोढ्न नचाहेका हुन्। सामुदायिक वनमा बसेका मध्ये धेरैले अनुदानमा गाउँमा घर बनाइसकेका छन्।

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

घर बनेपछि भूकम्पपीडित दंग

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, टेटाङ्चेका कामी सिदार तामाङ साढे चार वर्षअघिसम्म अर्काको जग्गामा बस्दै आएका थिए। भूकम्पका कारण उनी बसेको ठाउँमा पहिरो गयो। छाप्रे घर पुरियो। उनको पाँचजनाको परिवार पुरानो ठाउँबाट केही तल झरेर बस्यो।

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

बिनासकारी भूकम्पपछि आश्रय लिइ बसेको सामुदायिक बन छोडेर पीडित थातथलो फर्कँन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक बनको जमिन कब्जा गरेर बसिरहेका छन्।

अत्याधुनिक बनेर ठडियो जेठो शैक्षिक संस्था

सर्वसाधरणका छोराछोरीले पढ्न हुँदैन भन्ने मान्यता राख्ने जहाँनिया राणा शासनको समयमा स्थापना भएको सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा मावि ठडिएको छ।

भक्तपुरलाई भूकम्प सुरक्षा दिवसको जिम्मा

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा विविध कार्यक्रम गरी मनाइने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाइँदै आएको यो दिवस यो वर्ष भक्तपुरमा मनाउने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

यस वर्षको २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाउँंदै यो दिवस यस वर्ष भने भक्तपुरमा मनाउने भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

७७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझे

२०७२ को भूकम्पका कारण घर गुमाएका मध्ये ७७ प्रतिशतले सरकारले अनुदानबापत उपलब्ध गराउँदै आएको तेस्रो किस्ताकाृ रकम लिइसकेका छन्।

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

मेलम्ची नगरपालिका–१२ बाँसवारीको थाक्लेमा बनेको ३१ घरधुरीको एकीकृत बस्तीले गाउँको मुहारै बदलेको छ।

चार वर्षमा ८३ प्रतिशत प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्।

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिईएको छ।

भूकम्पपछिको पुनर्निर्माणले पारेको प्रभावको अध्ययन जरुरी

भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गम्भीर अध्ययन तथा अनुसन्धान हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माणको नेपाली अर्थतन्त्रमा प्रभाव विषयक प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अर्थशास्त्रीले भूकम्पपछि पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको औल्याएका हुन्।

भूकम्पमा जिर्ण जिप्रका ८ करोडमा सुविधा सम्पन्न बन्दै

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन बन्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन गरेसँगै अहिले निर्माणको काम सुरु भएको हो।

ह्योल्मो र दलित समुदाय मिलेर एकीकृत बस्ती ठड्याउँदै (फोटोसहित)

टाकटाक, टुकटुकको आवाज। मेशिनरी औजारको केही चर्को ध्वनी। दुबै आवाज आपसमा मिल्दा बातावरण गुञ्जयमान छ। विभिन्न आवाज र बाजाले संगीतको धुन बने जस्तै। पुसको ठण्डीमा पारिलो घाम लाग्दा दिन यसै पनि घमाइलो छ। त्यही न्यानो घाममा शरीर तताउँदै २४ वर्षीय फिञ्जो शेर्पा छड काटेर रिङ बनाउँदै थिए। अलि पर ढुंगाको काममा खटिरहेका थिए दिलबहादुर बिक पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्