२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चालु वर्षलाई एक अर्ब ४७ करोड बजेट

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको निजी आवास, सम्पदा पुनर्निर्माण र जग्गा (घडेरी) व्यवस्थापनमा चालु आर्थिक वर्षका लागि एक अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)मार्फत खर्च हुने गरी बजेटसहितको कार्यक्रम पठाएको हो।

बजेट विनियोजनसँगै गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा भत्किएका छन्। बजेट छुट्याइएकाले गुम्बाको पहिचान पुनः ब्युँतिने स्थानीयको विश्वास छ।

वीर अस्पताल एक सय ३० वर्षमा

मुलुककै पहिलो स्वास्थ्य संस्था वीर अस्पताल एक सय ३० वर्षमा प्रवेश गरेको छ। १९४७ साउन १२ गते १५ शड्ढयाबाट सुरु भएको सो अस्पतालले २०७२ को विनाशकारी भूकम्पअघि चार सय ६० शड्ढयामा उपचार सेवा प्रवाह गर्दै आएको थियो।

फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु

फिलिपिन्समा शनिवार बिहानै दुई वटा भूकम्प गएको छ। ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएकोबीबीसीले जनाएको छ। फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ६ जनाको मृत्यु छ। बीबीसीका अनुसार ६० जना भन्दा बढी घाइते भएका छन्।

करिब ६९ प्रतिशतले लिए तेस्रो किस्ता

२०७२ को भूकम्पले भत्किएका निजी आवासमध्ये नुवाकोटका ६८.५३ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता रकम बुझेका छन्।

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

सरकारले घर बनाउन अनुदान नदिएको भन्दै जिल्लाका एक हजार तीन घरधुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गराएका छन्। पटकपटक गुनासोमा निवेदन दिए पनि भूकम्पपछिको आवास पुनर्निर्माणमा अनुदान पाउनयोग्य नभएको भन्दै उजुरी हालेका हुन्।

‘रिसोर्ट’ जस्तै सिन्धुका विद्यालय (फोटो फिचर)

रिसोर्ट जस्ता देखिने विद्यालय भवन अपांगमैत्री, बालमैत्री र छात्रामैत्री छन्। सोलारजडित विद्यालयमा खानेपानी र प्रशस्त धारा र आवश्यक शौचालय छन्। छात्र, छात्रा दुबैका लागि दिसा, पिसाव गर्ने छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ। शौचालयका साथै पिउन र हातमुख धुन दुई खाले धारा बनेका छन्। शौचालय र खानेपानी धारामा ह्विलचियर चढेर अपांग विद्यार्थी सहजै पुग्न सक्छन्। शौचालयमा महिनावारी हुने छात्राका लागि इन्सिनेरेटर (प्याड फाल्ने संरचना) बनाइएको छ।

पहिलो किस्ता नलिने भूकम्पपीडित आठ सय बढी

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत जिल्लाका आठ सयभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता बुझेका छैनन्। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका अनुसार जिल्लाका आठ सय चारजना लाभग्राहीले पहिलो किस्ता नबुझेका हुन्। किस्ता नलिनेमा उत्तरगया गाउँपालिकाका ३ सय ४१, आमाछोदिङ्मोका एक सय ६४, गोसाइँकुण्डका १ सय ४१, कालिकाका १ सय १५ र नौकुण्डका ४३ परिवार छन्।

पहिरोपीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

तामाकोशी गाउँका १९ सुकुमबासी परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको छ। भूकम्पपछि जग्गा नभएकाले घर बनाउन नसकेका ती परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको हो। गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्ममा १९ सुकुमबासी परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

तीन सय विद्यालय पुनर्निर्माणमा चुनौती

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका विद्यालयहरू अझै पुनर्निर्माण हुन सकेको छैन। विभिन्न नगरपालिकाले तोकेको मापदण्ड पूरा गर्न नसक्दा भूकम्पबाट प्रभावित भएका ३१ जिल्लाका तीन सय सरकारी विद्यालयको पुनर्निर्माण अघि बढ्न नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक यमनारायण श्रेष्ठले जनाए।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ।

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्