४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एनप्याव्सनले ‘बाल प्रतिभा महोत्सव’ आयोजना गर्ने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याव्सन) कास्कीले बृहत बाल प्रतिभा महोत्सव आयोजना गर्ने भएको छ।

‍विभिन्न मुद्दाका ४६ पक्राउ, दुई लाख जरिवाना

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ।

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।

कास्की कांग्रेसमा किचलो, सभापतिले जिल्ला सदस्य गंगाधर पराजुलीलाई हटाए

नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ। जिल्ला सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै किचलो देखिएको हो।

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवाःखलः कास्कीलाई

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ।

प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेटको उपाधि कास्कीलाई

बागलुङमा सम्पन्न प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ।

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा लगानी गर्ने

पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो।

कास्की र गण्डकी प्रदेश गल्फ संघ गठन

तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ। तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ। प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुँदै गएको छ। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुँदै गएपछि प्रशिक्षणमा समस्या भएको छ।

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

क्यानोनिङको क्रममा लडेकी युवती एकसय मिटर माथिबाट खसेकी थिइन्

कास्कीको माछापुच्छ्रेमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्ने क्रममा चिप्लिएर लड्दा पोखरा महानगरपालिका–२६ बुढीबजार निवासी २२ वर्षिया अञ्जिता भण्डारीको ज्यान गएको हो।

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्