२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

कास्कीमा १५ गतेदेखि एक साता निषेधाज्ञा

कोरोनाको दोस्रो लहरले भारतीय सीमा क्षेत्रमा भयावहको अवस्था आईसकेको छ। पोखरामा कोरोनाको सर्तकता र सजगताको लागि प्रशासनले सोमबार साँझ अबेर मात्रै एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञासँगै कोरोनाको ओसारपोसार कम हुने अपेक्षा र विश्वास छ।

कास्की खेलकुदमा बानियाँ

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा तोरण बानियाँ नियुक्त भएका छन् । उनी पोखरा महानगरपालिका–१५ का निर्वाचित वडासदस्य हुन् ।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ। सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्।

महासंघले पत्रकार र परिवारको बिमा गरिदिने

पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आफू मातहत रहेका तीन सयभन्दा बढी पत्रकार र तिनका परिवारको पारिवारिक बिमा गरिदिने भएको हो। महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बिमाको सोमबार शुभारम्भ गरिएको छ।

आलोचना गरेको भन्दै क्रिकेट संघका टुर्नामेन्ट डाइरेक्टरलाई हटाईयो

क्रिकेट संघ कास्कीको नेतृत्वविरुद्ध बोलेको भन्दै टुर्नामेन्ट डाइरेक्टरलाई पदबाट राजिनामा दिन बाध्य पारिएको छ ।

क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन

लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने मौका भने पाएनन् ।

कास्कीमा कृषि ज्ञान केन्द्र स्थापना

कास्कीमा पहिलोपटक कृषि ज्ञान केन्द्र स्थापना भएको छ। गण्डकी प्रदेशको राजधानी भएर पनि कास्कीमा यसअघि कृषि ज्ञान केन्द्र थिएन। यसअघि स्याङ्जामा रहेको कृषि ज्ञान केन्द्रले कास्की पनि हेथ्र्यो। तर प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका, वडा नम्बर १७ बिरौटामा स्थापना गरेको हो ।

कास्कीको कोशेली ‘टुसा’

कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरण गर्न लगाइएको लकडाउन दुई दिन अघिदेखि खुल्यो । लडकाउन खुलेपनि सार्वजनिक यातायात सहज भएको छैन । यातायात सहज नहुँदा कास्कीको ल्वाङघलेलको टुसा पोखराको बजारसम्म आईपुगेको छैन ।

एन्फा कास्कीमा छानबिन,अनियमितता देखिएको निष्कर्ष

एक हप्ता लगाएर गरिएको छानबिनका क्रममा करिब २९ लाख रुपैयाँ अनियमितता भएको देखिएको स्रोतले बताएको छ। १८ वटा शीर्षकमा सो रकम अनियमितता भएको स्रोतको दाबी छ।

कास्की जिल्ला फुटबल संघको बेथिति

२०७६ साउको तेस्रो साता पोखरामा कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरियो ।

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु

कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा गठित समितिले बैंक स्टेटमेन्ट अनुसार खर्चको विवरण पेश गर्न संघलाई पत्र काटेको छ ।

मितेरी स्कूल

कास्की जिल्ला मादी गाउँपालिका–२ ताङतिङस्थित हिमालय मिलन माध्यमिक विद्यालय र बेलायतस्थित मेडस्टोन ग्रामर स्कूल फर गर्ल बकल्याण रोड केन्टबीच विसं ०६७ वैशाख १ गते मितेरी साइनो गाँसिएको थियो।

कास्की–२ मा विद्या विजयी

कास्की–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्।

कास्की-२ः मतान्तर बढाउँदै विद्या

प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ८ हजार ४ सय २६ रहेको छ।

कास्की-२ः भट्टराई–पौडेल मतान्तर ७ हजार बढी

प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ७ हजार २९ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्