८ वैशाख २०८१ शनिबार
राजनीति

कास्की-२ः मतान्तर बढाउँदै विद्या

कास्की । शनिबार भएको उपनिर्वाचनमा मत परिणाम आउनेक्रम जारी छ। प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ८ हजार ४ सय २६ रहेको छ।

जारी मत गणनामा भट्टराईले १७ हजार ६ सय ५० मत ल्याएकी छिन्। पौडेलले भने ९ हजार २ सय २४ मत ल्याएका छन्।

कास्की– २ मा ७१ हजार ८ सय ७१ जना मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको छ। हालसम्म ३० हजार ३ सय ५ मत गणना गरिएकाे छ। 

प्रकाशित: १५ मंसिर २०७६ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App